प्राकृतिक तथा पर्यटकिय क्षेत्र सरसफाई कार्यक्रममा नेपाली सेना

सुनसरी, १९ कर्तिकः सुनसरी जिल्ला स्थित पूर्वी पृतना हेडक्वाटर तथा हाता भित्रका युनिटहरुबाट गएको टोलीले पृतनापति उपरथी समीर शाहीको उपस्थितिमा प्राकृतिक तथा पर्यटकिय क्षेत्र अन्र्तगत पर्ने तालतलैया तथा पार्कको  कार्तिक १७ गते सरसफाई गरेको छ । उक्त सरसफाई कार्यक्रममा हाता भित्रका युनिटपतिहरु, अधिकृत, पदिक, तालतलैया बिकास संरक्षण समितिका सदस्यहरु,पत्रकार लगायत स्थानियबासीहरु गरी करिव ३५० जनाको समेतको सहभागिता रहेको थियो । 
उक्त कार्यक्रममा सहभागी स्थानिय बासीहरुले नेपाली सेनाले पु¥याएको सहयोगको मुक्त्तलकण्ठले प्रसंशा गरेका थिए भने विकाश निमार्ण, पर्यावरणिय संरक्षण, सुरक्षा लगायत जुनसुकै जनहितका गतिबिधिहरु संञ्चालन गर्न आफुहरु सधै प्रतिबद्ध रहेको पूर्वी पृतना हेडक्वाटरले जनाएको छ  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता