तिहारमा इलाममा ढकमक्क फूल्यो फूल, भएन अभाव


  • बिनय तिम्सीना

इलाम, २२ कात्तिकः इलामका अधिकांश गाउँमा यतिवेला सयपत्री र मखमली ढकमक्क फूलेको छ । केही क्षेत्रमा रोगले सयपत्री मरेको भएपनि केही भेगमा भने राम्रो फूलेको छ ।
फूल आफैँमा सुन्दर हुन्छ । यसको महत्व सँधै उत्तिकै हुन्छ । तर विशेष गरेर भाईटिकामा दाजुभाइलाई लगाइदिन सयपत्री र मखमली दिदीबहिनीहरुले प्रयोग गर्ने गरेका छन् । अहिले इलाममा थोरै संख्यामा भए पनि तिहारलाई लक्षित गरेर व्यवसायिक फूल खेती गरेको देख्न सकिन्छ  ।
इलामको बरबेटेका गणेश निरौलाले यो वर्ष व्यासायिक रुपमा फूल खेती गरेका छन् तर पहिलो पटक खेती गरेको भएर फूल तिहार आउनु अगावै फुलेको उनी वताउँछन् । तिहारको दिन सम्म सवै फूल नरहे पनि केही फुल तिहारको लागि रहने र व्यवसायिक रुपमा आम्दानीहुनेमा निष्चिन्त छन् ।
तिहार ढिलो भएका कारण पनि भएबँचेका फूल फुलीसकेका छन् । केहि वर्ष यता सयपत्री फूलको अभाब हुँदै आएको छ ।
त्यस्तै इलामको राहासल बाल अनाथालय परिसरमा पनि मनग्ये फूल फुलेको छ । आफुहरुले व्यावसायिक रुपमा खेती नगरेको भए पनि बालबालिकाको मन भुलाउन लगाएको र अहिले फुलले राम्रै आम्दनी गर्ने अनाथालयका व्यवस्थापक नविन ओली बताउँछन् ।  यहाँ आउनेहरुले पनि सुन्दर बगैँचा देखेर प्रशंसा गर्ने गरेको ओली वताउँछन् ।
इलामका गाउँका घर सयपत्री र मखमली फूलका मालाले ढकमक्क बनाएर तिहारमा सझाउने चलन भएकाले पनि फुलको खपत धेरै हुने गरेको छ । नेपालमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने गरेकाले हरेक वर्ष भारतको सिलिगुडी र दार्जेलिङबाट इलाममा फूल आयत हुने गरेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता