प्रभुको शाखा रहित वैंकीङ सेवा फाकफोकथुमको सिकारी भञ्ज्याङमा

इलाम, १९ कतिकः इलामको फाकफोकथुम गाउँपालिकाको सिकारी भञ्ज्याङमा प्रभु वेंकले आफ्नो शाखा रहित वैंकिङ कारोबार सोमबार देखि शुरु गरेको छ ।  सिकारी भञ्ज्याङका शाखा रहित बैंकिङ कारोबारका अभिकर्ता रहेका छन् । सोमबार प्रभु वैंक इलाम शाखाका शाखा प्रमुख रोशन संग्रोलाको प्रमुख आथित्यमा भएको कार्यक्रममा फाकफोकथुम गाउँपालिका वडा नम्वर ६का अध्क्षय डिकवहादुर थापा, एकतप्पा वहुमुखी म्याम्पसका क्याम्पस प्रमुख खेम प्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो । प्रभु वैंक इलामका शाखा प्रमुख संग्रैलाले  वैंकिङ ट्याव सिकारी भञ्ज्याङ शाखारहित वैंकिङ सेवाका अभिकर्ता देउकुमार कटुवाललाई हस्तान्तरण गरेर शाखारहित वैंकिङ सेवाको उद्घाटन गरेका थिए ।
कार्यक्रममा उपस्थित स्थानीयहरुलाई प्रभु वैंक इलामका शाखा प्रमुखले वित्तिय सफलता र वैंकिङ सेवा सम्वन्धि जानकारी गराएका थिए । शाखा रहित वैकिङ सेवा शुरु भए सँगै कारोबार गर्न सहज हुने वडा अध्यक्ष थापाले वताएका थिए ।
प्रभु वैंक लिमिडेडको हाल सम्म इलाम बजारमा एउटा शाखा र इलाम जिल्ला भरीमा ९ ओटा शाखा रहित वैंकिङ सेवा रहेका छन् । इलामको नयाँबजार, मावु, वाघखोर, घ्रुमिसे पञ्चमी, चौरी बजार, मंगलबारे, तीनघरे, कुटीडाँडामा यस अगिनै शाखा रहित वैकिङ सेवा प्रदान गर्दै आइरहेको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता