
श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवतसरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक २० गते मंगलबार , ईसवीय सन् २०१८ नोभेम्वर ६ ,कार्तिक कृष्ण चतुर्दशी , सूर्योदय विहान ६ः१५ ,सूर्यास्त बेलुकी ५ः१६, नक्षत्रः चित्रा, योगः प्रीति , करणः भद्रा, चन्द्र राशि ः कन्या
मेषः— अनावश्यक खर्च बढ्ने सम्भावना रहेको छ । सामान्य शत्रु भय रहेको छ ।
बृषः— प्रेम सम्बन्ध सुमधुर रहला । केही सामान्य चोटपटको भय रहको छ ।
मिथुनः— व्यापार व्यवसायमा लाभ मिल्ने योग रहेको छ । दौडधुपमा सामेल हुनुपर्दा मन चञ्चल रहला ।
कर्कटः— घरायसी कामहरु सम्पन्न हुनेछन् । धन आर्जनका नयाँ स्रोतहरु फेला पर्नेछन् ।
सिंहः— अध्ययन अध्यापन क्षेत्रमा केही वाधा उत्पन्न होला । प्राविधिक क्षेत्र तपाईको आज शुभ रहेको छ ।
कन्याः— धार्मिक क्षेत्र तथा सामाजिक क्षेत्रमा लाग्ने समय छ । परिवारजनसँग जम्ने मौका आउन सक्ने योग रहेको छ ।
तुलाः— कार्यक्षेत्रमा प्रसंसा गर्नेहरु बढ्नेछन् । विशिष्ठ व्यक्तिको सहयोगले नयाँ काम थालनी गर्ने समय रहेको छ ।
बृश्चिकः— लामो यात्राको सम्भावना रहेको छ । खानपानमा व्यस्त रहनु पर्ला ।
धनुः— सेयर बजारबाट मनग्ये लाभ उठाउन सकिनेछ । व्यापार फस्टाउने समय रहेको छ ।
मकरः— साहित्यमा मन जाला । विशिष्ठ व्यक्तिहरुका साथमा विशिष्ठ काम बन्ने छ ।
कुम्भः— खर्च गरेअनुसार मन सन्तुष्ट नरहला । अचानक धन लाभको सम्भावना रहेको छ ।
मीनः— स्वास्थ्यमा बाधा आउन सक्छ । विशेष गरेर टाउको तथा छातिको समस्याले सताउन सक्छ ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”