आज लक्ष्मी पुजा हेर्नुस् राशिअनुसार तपाईको शुभ तथा अशुभ फल!

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवतसरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक २१ गते बुधवार , ईसवीय सन् २०१८ नोभेम्वर ७ ,कार्तिक कृष्ण औँसी ,लक्ष्मी पुजा÷लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्ती,सूर्योदय विहान ६ः१८ ,सूर्यास्त बेलुकी ५ः१६, नक्षत्र ः स्वाति, योग ः आयुष्मान् , करणः चतुष्पद, चन्द्र राशि ः तुला
मेषः— धार्मिक यात्रा सम्भव रहेको छ । झुठा आरोप लगाउनेहरु बढ्नेछन् ।  
बृष ः— मन चञ्चल रहला । कार्यक्षेत्रमा सामान्य धोका मिल्ने योग रहेको छ ।  
मिथुन ः— अध्ययन यध्यापन कार्यमा त्यति मन जाने देखिँदैन । नसोचेको ठाउँमा धन हानी होला । 
कर्कट ः— व्यापार व्यवसाय शुभ रहेको छ । बैँकिङ कारोबारबाट लाभ मिल्ने योग रहको छ ।   
सिंह ः— विशिष्ठ व्यक्तिको संगत गरे राम्रै फल मिल्नेछ । उच्च सरकारी कर्मचारीबाट लाभ मिल्न सक्छ । 
कन्या ः— घरायसी समस्याले गाँज्ने देखिन्छ । आम्दानिका नयाँ स्रोतहरु फेला पर्नेछन् ।   
तुला ः— योजना पूर्णरुपमा सफल होला । शैक्षिक क्षेत्र तथा वैदेशिक क्षेत्रमा लाभ मिल्ने योग रहेको छ ।  
बृश्चिक ः— आयभन्दा व्यय बढी रहनेछ । सामाजिक काममा दिन बिताउनु पर्ला । 
धनु ः— यात्रा कष्टकर रहने छ । मनोवल कमजोर रहनाले कार्यक्षेत्रमा समस्या आउला ।    
मकर ः— धनमाल हराउन सक्छ । सजग रहनुहोला । विपरीत वर्गमा सहयोगको भावना जाग्ने सम्भावना छ ।          
कुम्भ ः— पुराना रोगहरुमा सुधार आउने योग रहेको छ । भाग्य बृद्धि हुनेछ ।     
मीन ः— ताकेको कार्य सफल होला । मानसिक चिन्ता बढ्नेछ ।            
                  “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता