
श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवतसरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक २२ गते बिहिवार , ईसवीय सन् २०१८ नोभेम्वर ८ ,कार्तिक शुक्ल प्रतिपदा,गोवर्धन पुजा,सूर्योदय विहान ६ः१९ ,सूर्यास्त बेलुकी ५ः१५, नक्षत्र : विशाखा, योग : किंस्तूघ्न , करणः सौभाग्य, चन्द्र राशि : तुला
मेषः— मनमा शान्तिले वास पाउला । आँटेका र तोकेका कार्यहरु सिद्ध हुनेछन् ।
बृषः— नयाँ योजनाहरु बन्नेछन् । वैदेशिक लाभ मिल्न सक्ने सम्भावना रहेको छ ।
मिथुनः— आ—आफ्नो कार्यक्षेत्रमा सफलता मिल्ने योग रहेको छ । सामान्य धन लाभ होला ।
कर्कटः— आफन्तजनसँग मनमुटाव बढ्ने देखिन्छ । बोलीको प्रभावले सजिलै अरुको मन जित्न सकिनेछ ।
सिंहः— यात्रा कष्टकर रहे पनि लाभ उठाउने समय छ । धार्मिक क्षेत्रमा मन जाला ।
कन्या:— परिवारको सहयोगले घरमा नयाँ शुभ कर्म सम्पन्न होला । दिनको अन्त्यमा धन लाभ होला ।
तुलाः— मनोवल कमजोर रहनाले आँटेका काममा केही वाधा पर्ने देखिन्छ । स्रोत र साधनको उत्तम सदुपयोग होला ।
बृश्चिकः— स्वास्थ्यमा केही वाधा पर्ने योग रहेको छ । पेट तथा खुट्टामा सामान्य चोटपटकको भयको योग छ ।
धनुः— राजनीतिक क्षेत्रबाट सोचेजस्तो लाभ ममिल्न सक्छ । दिनको मध्यमा धन लाभ होला ।
मकरः— सहयोग गर्नेहरुबाट धोका होला । नयाँ आम्दानीका स्रोतहरु फेला पर्ने छन् ।
कुम्भः— दवावमा रहनाले मन अशान्त होला । दिनको अन्त्यमा साथीभाईमा केही हावी हुने सम्भावना रहेको छ ।
मीनः— सामाजिक र धार्मिक क्षेत्रबाट उत्तम लाभ उठाउने समय रहेको छ । सजिलै अरुको मन जित्न सकिनेछ ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”