- बिमल अधिकारी

२१ कार्तिक देउमाइ: इलाम देउमाइ नगरपालिकाको वार्ड न ९ जितपुर नवमीमा नेपाल तरुण दल जितपुरको आयोजनामा भैरहेको पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरण अन्तर्गत तेस्रो दिनको आजको पहिलो खेलमा फाल्गुनन्द स्पोर्टिङ देनपा ९ ले ० का बिरुद्ध १ गोल गर्दै तालखर्क बौद्ध स्पोर्टिङ लाई पराजित गरेको छ।
त्यस्तै दोश्रो खेलमा सिम्ले स्पोर्टिङ इनपा ले १ का विरुद्ध ३ गोल गर्दै नबज्योती स्पोर्टिङ देनपा ८ लाई पराजित गरेको छ।भोलिको पहिलो खेल इभाङ फुटबल क्लब र चिसापानी फुटबल क्लब त्यस्तै दोश्रो खेल शितलु माइ नपा र श्रीजङा स्पोर्टिङ देनपा ९ बिच हुने आयोजक समितीका बेल ब पत्रेले बताउनुभयो। इलाम झापाका गरि जम्मा २० टिमको सहभागिता रहेको खेलको बिजेताले नगद रु एकाउन्न हजार, उपबिजेताले रु एकतिस हजार त्यस्तै उत्कृष्ट गोल रक्षक, सर्बाधिक गोलकर्ताले ट्रफि मेडल तथा प्रमाणपत्र पाउने छन।
जितपुर माबीको खेल मैदानमा संचालित खेलको फाइनल भने कार्तिक ३० गते हुने छ।नेपाली काङ्ग्रेस इलामका डम्मर खड्का ले प्रथम पुरस्कार,निर्माण ब्यबसायी संघ इलाम अध्यक्ष सुबास चिपालुले दोश्रो पुरस्कार प्रायोजन गरेको खेल को अ्म्पायर ब्यबस्थापन बापतको खर्छ भने बिब्ल्याटेका ब्यबसायी कृष्ण पौडेलले प्रायोजन गरेको बताइएको छ।