आज मंगलवार हेर्नुहोस् तपाईको राशिफल !

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिणायने,हेमन्त ऋतौ, वि.सं. २०७५ मंसिर ४ गते मंगलवार , ईसवीय सन् २०१८ नोभेम्वर २० ,कार्तिक शुक्ल द्वादशी,सूर्योदय विहान ६ः२८ ,सूर्यास्त बेलुकी ५ः१०, नक्षत्र ःरेवती, योग ः सिद्धि, करणः बालव, चन्द्र राशि ः मीन
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) — धर्म कर्ममा मन जानेछ । विशिष्ठ व्यक्तिको सहयोगले काम बन्ला । 
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) — आफन्त र मित्रबाट सहयोग मिल्ने योग रहेको छ । व्यापार व्यवसाय सफल रहला ।  
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) — विचार पुर्याएर संग्रह गर्न सके व्यवसायमा सुधार आउला  । दिनको अन्त्यमा आंशिक आर्थिक लाभ होला । 
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) — अध्ययनमा रुचि बढ्नेछ । गणितमा सुधार आउला । 
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) — राजनीतिक क्षेत्रमा अवरोध आउन सक्छ । सामाजिक सेवामा सफलता मिल्नेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) — लामो दूरिको यात्रा सम्भव रहेको छ । घर परिवारमा शुभ कर्म सम्पन्न होलान् । 
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) — संगतले प्रतिष्ठामा बाधा उत्पन्न होला  । दक्षताले काम हातमा लिन सकिएला । 
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) — साझेदारीबाट लाभ उठाउने समय छ । मनमा चिन्ता वढ्ला ।   
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) — इच्छा र आकाङ्क्षाले पूर्णता पाउला । सञ्चार क्षेत्रमा केहि लाभ मिल्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) — पदोन्नतिको संभावना प्रवल रहेको छ । टाउको र आँखाको समस्याले सताउला ।  
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) — वैदेशिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ । चोटपटकको भय रहको छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) — बैँकिङ क्षेत्रमा गरेको लगानिबाट उचित लाभ मिल्ला । शैक्षिक क्षेत्रबाट व्यवसायमा सहयोग मिल्नेछ । 
                  “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता