किउँ टिप्न विद्यालय बन्द

धादिङ, ४ मङ्सिर (रासस): औषधिको रूपमा प्रयोग गरिने किउँ (काफल) टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङको झार्लाङका विद्यालय बन्द भएका छन् । गाउँका युवा र विद्यार्थी चार/पाँच घण्टा टाढा जङ्गलमा किउँ टिप्न ठूलो समूह बनाएर गएपछि गाउँका विद्यालय खाली भएका हुन् । 
विद्यार्थी मात्र होइन, गाउँका हिँड्न र काम गर्न सक्ने जति युवा अहिले सबै किउँ फल टिप्नका लागि जङ्गल गएर उतै रात बसी फल टिप्न थालेको झार्लाङका मङ्ग तामाङले बताउनुभयो । 
किउँ स्थानीयवासीले विभिन्न औषधिको रूपमा प्रयोग गर्ने गर्छन् । आगोले पोलेको, गानो गोला दुख्दा औषधिको रुपमा प्रयोग गर्ने गर्छन् । यो फल महङ्गोमा बिक्री समेत हुने स्थानीयवासी बताउँछन् । 
दिनभरि टिप्दा मुश्किलले एक÷दुई पाथीसम्म टिप्न सकिने भएकाले गाउँवासी केही दिन जङ्गलमै बसेर फल टिप्ने गर्छन् । देख्दा मसिना कालो, खैरा देखिने, फल खाँदा चिसो र ओखरको स्वादको हुन्छ । १२ वर्षमा फल्ने कालो साना दानाको यो फललाई तामाङहरू सिसी पनि भन्दछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता