इलामका राउतले शुरू गरे तेह्रथुममा सरकारी कार्यलयमा सरसफाई अभियान

इलाम, १३ मंसिरः मालपोत कार्यलय, तेह्रथुममा गएको भाद्र १५ गतेदेखि प्रत्येक महिना नियमित सरसफाई अभियान सुरू भएको हो ।
“आफ्नो कार्यालयको सरसफाईमा अरुको मुख ताक्नुभन्दा एकछिन आफैं समय दिऊँ भन्ने सोचले यो कार्यक्रम सुरुवात गरेका हौँ ।” मालपोत कार्यालय अधिकृत यादब राउतले हामीसँगको टेलिफोन वार्तामा बताउनुभयो । मासिक कर्मचारी भेलामा सरसफाई अभियान प्रस्ताव राख्दा सबै कर्मचारीले उत्साहित भएर समर्थन गरेपछि विगत ४ महिनादेखि  कार्यलयमा नियमित सरसफाई हुन थालेको  हो ।
अभियानमा  अनावश्यक झारपात उखेल्ने, झाँडी फाँड्ने, फोहोर टिप्ने साथै कार्यालय सुन्दर देखियोस् भनेर वरिपरी फूलहरु पनि रोप्न थालिएको छ । यो अभियानलाई मालपोत कार्यालयमा मात्र सिमित नराखी, जिल्लाका अन्य कार्यालयहरुमा पनि छलफल गरी, एकैदिन सरसफाई गरौँ भन्ने प्रस्ताव राख्न लागिएको पनि  बताइएको छ । “हाम्रो उदेश्य फोहोर गरेर सरसफाई गर्नुभन्दा पनि सुरूमै फोहोरलाई  व्यवस्थापन गर्नसके फोहोर नै हुँदैन भन्ने हो ।” अधिकृत राउतले बताउनुभयो ।
अधिकृत यादवराउत इलाम नगरपालिका गोदकका स्थायी वसिन्दा हुन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता