इलामको पर्यटकियस्थल भालुढुङ्गा फेरी रङ्गियो

इलाम, १६ मंसिरः इलाम सदरमुकाम नजिकै रहेको पर्यटकिय स्थल भालुङ्गा यतिवेले रङ्गिन हुन थालेको छ । भालूढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास संस्था, इलाम अहिले पर्यटकिय क्षेत्र वरपर रहेका वोटविरुवामा रङ्गरोगन तथा सरसफाईमा जुटेको छ ।
छोटो समयमा नै इलामको चर्चित पर्यटकिय स्थलकोरुपमा रहेको भालुढुङ्गालाई स्वच्छ र सुन्दर बनाउनको लागि पनि सो कार्य गरिरहेको भालूढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास संस्था, इलामका अक्ष्यक्ष हरि गुरुङ्गले माइपोखरी न्युजलाई वताउनु भयो । 
छोटो समयको सदुपयोग गर्दै इलाम सदरमुकाममा घुम्नको लागि उपयुक्त स्थानको रुपमा रहेको भालुढुङ्गमा घुम्नको लागि मात्र हैन कुनै कार्यक्रमहरु सञ्चालन गर्न त पिक्निको लागि पनि राम्रो ठाउँ रुपमा विकास हुँदै गएको स्थानीहरु वताउँछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता