सेन्चुरी बैंकको शाखा रहित सेवा भञ्ज्याङ्गमा

इलाम, १६ मंसिरः इलाम नगरपालिका नौ गोलाखर्क भञ्ज्याङ्गमा सेन्चुरी कर्मसीयल बैंकको इलाम शाखा अन्तरगतको शाखा रहित सेवा शुरु भएको छ । 
आईतबार इलाम शाखाले शुरु गरेको शाखा रहित सेवाको सेन्चुरी कर्मसीयल बैंक १ नम्बर प्रदेशका क्षेत्रीय प्रमुख दिपक कुमार पौड्लले शाखा रहित सेवाको मेसीन हस्तान्तरण गरेर उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै पौडेलले ग्रामिण क्षेत्र सम्म पुगेर काम गर्ने उद्धेश्य बैंकको रहेको बताउनु भयो । बैंकका इलाम शाखा प्रमुख भेषराज खड्काले शाखा रहित सेवाले इनपा ९भञ्ज्याङ्ग सहित, सोयाक , साङरुम्वा लगायतका ग्राहकलाई सहज भएको बताउनु भयो । उक्त बैंकिङ्क सेवा संचालन गर्न श्रेष्ठ इलेक्ट्रोनिक्स पसलका प्रोपाईटर स्थानीय ब्यावसायी नरबहादुर श्रेष्ठलाई अभिकर्ता नियुक्त गरेको छ । । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता