बाह्रखरी मिडियाको ‘कर्पोरेट गल्फ प्रतियोगिता’

काठमाण्डौँ, १६ मंसिरः सम्पूर्ण युवा जगतलाई समेट्ने खेलकूदका समाचारलाई स्थापनादेखि नै महत्वपूर्ण स्थान दिँदै आएको बाह्रखरी मिडियाले कर्पोरेट क्षेत्रका विशेष व्यक्तित्वहरुको सहभागितामा दोस्रोपटक ‘कर्पोरेट गल्फ प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
एकदिने प्रतियोगितामा एक सय भन्दा बढी कर्पोरेट क्षेत्रका गल्फ खेलाडीले भाग लिन लिनेछन् ।
विशिष्ट व्यक्तिको उपस्थितिमा सुरु गरिने यस कर्पोरेट गल्फ प्रतियोगिता मिति २०७५ साल मंसिर २९ गते शनिबार ग्लेनेइगल्सद्वारा डिजाइन गरिएको गोकर्ण गल्फ कोर्समा आयोजना हुने छ ।
एकदिने प्रतियोगिता १८ होल स्टेबलफोर्ड ३÷४ ह्यान्डीक्याप फम्र्याटमा खेलाइनेछ ।
प्रतियोगितामा होल इन वन गर्ने खेलाडीले गाडी पुरस्कार प्राप्त गर्नेछन् भनेप्रथम विजेताले चौबिस क्यारेटको सुनको ‘गल्फ बल’ प्राप्त गर्नेछन् । 
त्यस्तै अन्य विजेताहरुले विभिन्न शीर्षकमा पुरस्कार तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । 
प्रतियोगितामा बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिज समेत पुरस्कृत हुनेछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता