इलाम, १६ मंसिरः शनिबार विहान पाथिभरा दर्शन गर्न आएकी एक वालिका सिंडीबाट लडेर घाइते भएकी छन् । विराटनगरबाट पाथिभराको दर्शन गर्न परिवार सँग आएकी कृतिका माझी सिंडीबाट लडेर घाइते भएकी हुन ।
शुक्रबार पनि झापाको वुधबारेबाट आएकी स्नेहा सिंडीबाट लडेर घाइते भएकी थिइन ।
पाथिभराको सिंडी वैज्ञानिक तरिकाले नवनाउँदा वाराम्बार यो समस्या आइरहेको छ । तर सरोकार निकाय भने यस्ता घटनाहरुलाई सामान्य मानेर वसिरहेको स्थानीहरु वताउँछन् । अहिले वालवालीकाहरु घाइते भएका छन् भविष्यमा ज्यानै जाने घटनाहरु नहुन भनेर पनि सरोकारवाल निकायले सचेतता अपनाउने समय आएको स्थानीय वताउँछन् ।