इलामको फाल्गुनन्द विमानस्थल निर्माणका लागि बजेट अभाव (भिडियो सहित)


  • विनय तिम्सिना

इलाम, १७ मंसिरः इलाम नगरपालिका ९ सुकिलुम्बामा फाल्गुनन्द विमानस्थल निर्माण शुरु हुँदा स्थानीयले ठूलै सपना बुनेका थिए । तर, अहिले त्यो सपना मर्दै गएको छ । विमानस्थल निर्माण सुरु भएपनि बजेट अभावका कारण विमानस्थल निर्माण ओझेलमा परेको छ ।
कहिले मुआब्जा विवाद त कहिले निर्माण समयमा नहुँदा बाढी, पहिरोको कहरले विमानस्थल निर्माणमा असर पर्दै आएको छ । तर, पछिल्लो समय बजेट अभावका कारण विमानस्थल निर्माणले गति लिन सकेको छैन । विमानस्थल निर्माणका लागि भन्दै अहिलेसम्म १७ करोड खर्च भइसकेको छ । हालसम्म कच्ची धावनमार्ग र विमानस्थलबाट माइखोलासम्म नाली निर्माणको काममात्र सकिएको छ । विमानस्थलका लापगि तीन सय २६ रोपनी जग्गा उपलब्ध गराएका स्थानीय विमानस्थल नबन्ने हो कि भन्ने चिन्तामा छन् ।

चालु आर्थिक वर्षमा विमानस्थलका लागि ५ करोड छ्टाइएपनि विनियोजित रकमले विमानथस्लको कामलाई निरन्तरता दिन नसक्ने नागरिक उड्यन प्राधिकरणको भनाई छ । विमानस्थललाई कालोपत्रेसहित सञ्चालनका लागि झण्डै २२ करोड बजेट आवश्यक देखिएको छ । आवश्यक बजेट आएमा पनि तीन वर्षमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न गर्न सकिने प्राधिकरणको दावी छ । विमानस्थल सञ्चालनमा ल्याउन टमिर्नल टावरका लागि भवन निर्माण, धावन मार्ग कालोपत्रे, विमान पार्किङ र कार पार्किङ, भञ्ज्याङदेखि विमानस्थलसम्मको सडक र नाली निर्माण गर्नुपर्ने काम अझै बाँकी छ । तर, निर्माणाधिन विमानस्थलमा भने तत्कालका लागि उडान भर्न सकिने गरि तयार गरिएको छ ।
समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको निर्माणाधिन विमानस्थल पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने ठानिएको छ । विनमास्थल निर्माणका लागि बजेट उपलब्ध गराएर यथाशक्य छिटो विमानस्थलको काम पुरा गर्न आवश्यक छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता