इलामको धोविधारा छेउमा मोटरसाइकल तोडफोड

इलाम, १७ मंसिरः इलामको धोविधारा नजिकै रहेको सिङ्गफिरिङ जानेबाटो छेउमा राती राखेको ठाउँमा २ वटा स्कुटर र २ वटा मोटरसाइकल अज्ञात समुहले तोडफोड गरेका छन् । 
प्रदिप खड्काको मे ७ प ५९४५ नं. को यामाहा स्कुटर, गजेन्द्र लिम्वुको मे १० प ४०२२ नं को होण्डाको मोटरसाइकल, मणिकुमार श्रेष्ठको मे ६ प ५९११ न. को यामाहाको स्कुटर र कृष्ण श्रेष्ठको मे ७ प ९७१३ न. पल्सर मोटरसाइकलको सम्पूर्ण सिटमा क्षति भएको छ । 
यस अघि पनि सोहि स्थान नजिकै सुवर्ण खड्काको स्कुटरमा क्षति भएको थियो । केहि दिन अघि चोकबजारबाट हराएको २ वटा मोटरसाईकल सिंहवाहिनीमा र सिङ्गफिरिङ्गमा फेला परेको र एउटा मोटरसाइकल मोटरसाइकलधनिलाई वुझाएको र एउटा  जिल्ला प्रहरी कार्यालयमा रहेको जिल्ला ट्रफिक इन्चार्ज पदम राईले वताए ।  
यस्तो कार्य कसले र किन गरेको भन्ने कुरा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता