विर अस्पतालमा मेसिन खरिद गरेर ल्याएको ६ मेहिना वित्दा पनि सञ्चालनमा आएन्


  • संजीता खनाल,

काठमाण्डौ,वीर अस्पतालले १ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन ६ महिना वित्दा पनि सञ्चालनमा ल्याउँन सकेको छैन् । अस्पताल प्रशासनले सो मेसिन विद्युत भोल्टेज र ठाउँ अभाव भएको भन्दै ६ महिना वित्दा पनि सञ्चालनमा ल्याउँन नसकेको हो ।उक्तमेसिन ८ करोड ४८ लाखमा खरिद गरेर भारतको हस्पिटेक ईन्टप्राईजेज प्रा.लिबाट ल्याईएको हो । हाल अस्पतालमा १६ स्लाईसको मेसिन सञ्चालनमा आईरहेको छ ।
अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले मेसिन टेन्ड आवहा्न गरेको ८वर्षपछि मेसिन आए पनि सञ्चालनमा ल्याउँन नसकिएको बताए । “अस्पतालमा राख्ने स्थान तयार बनाए पनि अस्पतालमा रहेको ट्रान्सफर्मर विग्रेपछि सो मेसिन सञ्चालनमा ल्याउँन समस्या भएको हो ।ट्रमामा खालि रहेको ट्रान्सफर्मर जडान गरेर अबको एक महिनासम्ममा सञ्चालन ल्याउँने तयारी छ । ”उनले भन्ने ।
यो नयाँ  १ सय २८ स्लाईसको सिटी स्क्यान मेसिन सञ्चालनमा आउँने वितिकै कोहि पनि विरामीहरुले पालो कुनु नपर्ने डा. बस्नेत बताउँछन् । अस्पतालमा दैनिक सिटी स्क्यान गनुपर्ने विरामीहरु ६०देखि ७०जनासम्म आउँने अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा बताउँछन् ।“अहिले अस्पतालमा सञ्चालनमा आएको १६ स्लाइसको मेसिनले दैनिक २५देखि ३५ जनासम्म मात्र सिटी स्क्यान गर्न मिल्छ । ”उनले भन्ने “ पुरानो मेसिनबाट उपचारका लागि आएका सबै विरामीलाई सेवा दिन सकिएको छैन् । उपचारका लागि आएका विरामीहरुले १० दिनसम्म पालो कुरेर बस्नु्पर्ने बाध्यता छ ।”
अस्पतालका कर्मचारी अरुण महत्तोका अनुसार सिटी स्क्यान राख्ने ठाउँ अभाव थियो ।अस्पतालको अर्थोपेडिक ओपिडीलाई ट्रमा सेन्टरमा सारेर सो स्थानमा सिटी स्क्यान मेसिन राख्ने स्थान बनाईको महत्तोले बताए । “सिटी स्क्यान सञ्चालनका लागि १ सय २० केवि भोल्टेज आवश्यक पर्छ ।” उनले भन्ने “अस्पतालमा सो मेसिन सञ्चालनमा आवश्यक भोल्टेज नहुदाँ समस्या भएको हो तर ट्रमा सेन्टरमा एक ट्रान्सर्फमर सञ्चालनमा आएको छैन् सोहिलाई प्रयोगमा ल्याएर अबको एक महिनामा मेसिन सञ्चालनमाआउँछ ।”
अस्पतालको सिटी स्क्यान सञ्चालन आउँने वितिकै अन्य निजी अस्पतालमा कमिसन नआउने भएपछि तत्कालै जडान नगरिएको अस्पताल स्रोत बताउँछ ।
अहिले सञ्चालनमा आएको सिटी स्क्यान मेसिनले राम्रो काम नगर्दा बिरामीहरु महँगो शुल्कमा निजी जानु पर्ने बाध्यता रहेको अस्पतालका कर्मचारीहरु बताउँछन् ।उक्त मेसिन खरिदका लागि २०६७ साल चैत्र महिनामा टेन्डर आव्हान गरिएको छ । टेन्डर आव्हान गरिएको  ८ वर्षपछि मात्र मेसिन हस्पिटेक ईन्टप्राईजेज प्रा.लिले विर अस्पतालमा पठाएको हो।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता