नेत्र ज्यातिको आँखा शिविरमा २०० वढीको आँखा परिक्षण, २७ जनामा मोतिया विन्दु

अन्तु, १७ मंसिरः नेपाल नेत्र ज्योति संघ इलामले सुर्योदय नगरपालिकाको वाडा न. ४ र ५ साबिक श्रीअन्तु र समालबुङमा गरेको निःशुलक आँखा शिबिरमा २०० बडि बिरामिको आँखा जाँच गरेको छ । 
आँखा जाँचको क्रममा २६ जना मोतिया बिन्दुका रोगि फेला परोको छ । छनौट भएका मोतिया विन्दुका रोगिहरुको नेपाल नेत्र ज्यातिले यहि मंसिर २४, २५ र २६ गते सूर्योदय नगरपालिकाको प्राथमिक स्वास्थय केन्द्र फिक्कलमा  शल्यक्रिया गर्ने छ । यस्तै सूर्योदयका अन्य विभिन्न स्थानमा पनि छनौट शिविर सञ्चालन गरिरहेको संघका सचिव विष्णु कार्कीले माइपाखरी न्युजलाई जानकारी गराए । 
छनौट शिवर सञ्चालन हुने स्थानहरुः
  •  मिति २०७५ मंसिर १८ गते मंगलबारः खानेपानी भवन सू.न.पा ८, हर्कटे बजार 
  •  मिति २०७५ मंसिर १९ गते बुधबारः सिंहदेवि मा.वि., सू.न.पा. – १ गोर्खे, मंगलबारे
  •  मिति २०७५ मंसिर २१ गते शुक्रबारः वाडा कार्यालय सू.न.पा.–२, बौद्धधाम
  • मिति २०७५ मंसिर २२ गते शनिबारः सरस्वती मा.वि. सू.न.पा– १४, लक्ष्मीपूर
  •  मिति २०७५ मंसिर २३ गते आइतबारः पूर्ण स्मारिका आ.वि. सू.न.पा–११, तीनघरे


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता