इलामको फिक्कलमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर


  • विनु खड्का
फिक्कल, २४ मंसिरः  इलामको सूर्योदयन गरपालिकाको फिक्कल स्वाथ्य चौकीमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर आजदेखि सुरू भएको छ ।
नेपाल नेत्रज्योति सङ्घ इलाम, सूर्योदय नगरपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शिविर सञ्चलन भएको हो ।
मङ्सिर १६ गतेदेखि सूर्योदयन गरपालिकाका विभिन्न स्थानमा आँखाको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको नेत्रज्योति सङ्घका सचिव विष्णु कार्कीले जानकारी दिनुभयो ।
उक्त परीक्षण शिविरमा १०० वढि जनामा मोतिया बिन्दुका बिरामी भेटिएको र उहाँहरूको मोतिया बिन्दुको शल्यक्रियाका लागि फिक्कल बोलाइएको समेत उहाँले जनाउनुभयो । शिविरमा विराटनगर आँखा अस्पतालका डा.हनी केसीलगायत ११ जनाको चिकित्सकको टोलीले सेवा पु¥याइरहेको छ । शिविरमा मोतिबिन्दुको शल्यक्रिया, विद्यार्थीलाई निःशुल्क चश्मा वितरण तथा औषधि विरण गरिएको छ ।
शिविर उद्घाटन कार्यक्रममा सूर्योदयन गरपालिका १० का अध्यक्ष पेमा उगेन लामाले आँखा जस्तो शरीरको संवेदनशील अंगका कारण धेरै व्यक्ति ग्रसित भएकाले सूर्योदयन नगरपालिकाको आग्रहमा नेपाल नेत्रज्योति संघले शिविरले शिविर सञ्चालन गरेको बताउनुभयो ।
नेपाल नेत्रज्योति संघका अध्यक्ष इन्द्र फुयलले एक वर्षको अवधिमा नेत्रज्योति संघले एक हजार जनाको शल्यक्रिया गरेको बताउनुभयो । सन् २०२० सम्ममा मोतिबिन्दू र रतन्धो लागेको मानिसको संख्या न्यून बनाउने उद्देश्यले विभिन्न गाउँपालिकामा शल्यक्रियासहितको शिविर आयोजना गरिएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता