चलचित्र ‘तारेभीर’ अब फोपी एपमा

  • जीवन लिम्बू 

काठमाण्डौं २३ मंसिरः नेपाली चलचित्र ‘तारेभीर’ अव फरक तरिकाले दर्शले हेर्न पाउने भएका छन् । प्राय दर्शकहरुले चलचित्र तथा भिडियोहरु युटुव मार्फत हेर्ने गरेका छन् । तर ‘तारेभीर’ फिल्म ‘फोपी’ मार्फत पनि दर्शकले हेर्न पाउने भएका छन् । देउ कृष्ण देवानले निर्माण गरेको ‘तारेभीर’ ‘फोपी’ मा सार्वजनिक भै सकेको छ । अव दर्शकले सो एप्स मार्फत ‘तारेभीर’ हेर्न पाउने भएका हुन् ।  
‘फोपी’ मा रिलिज गरिएको नेपाली चलचित्र ‘तारेभीर’ पछिल्लो समय हाम्रो समाजमा घटिइरहेका समसामयिक विषय वस्तुलाई समेटिएर निर्माण गरिएको चलचित्र हो । नेक्स्ट जेनेरेशन इनटरटेन्मेन्टको प्रस्तुती निर्माण भएको चलचित्रको निर्देशन प्रेम सुब्बाले गरेका हुन् । फिल्मको कथावस्तु पनि निर्देशक सुब्बाकै रहेको छ । चलचित्रमा परिवार प्रतिको आत्मियता र नेपाल प्रहरीको कर्तव्यलाई मुख्य विषय वस्तु वनाईको छ । पछिल्लो समय समाजमा घटिरहेको सामाजिक अपराधालाई कसरी नियन्त्रण तथा न्यूनिकरण गर्नु पर्छ भन्ने पक्षलाई पनि चलचित्रमा समावेश गरिएको छ । चलचित्रमा विष्णु चेम्जोङ्ग, रेखा फागो, नविन कार्की, निर्देशक प्रेम सुब्बा, निर्माता देउ कृष्ण देवान लगाएको मुख्य अभिनय रहेको छ । फिल्ममा दर्शकहरुले कलाकार विष्णु चेमजोङ, रेखा फगो र नविन कार्कीलाई एक्शन अवतारमा देख्न पाउने छन् । चलचित्र तारेभीरलाई दर्शकले नारीप्रधान चलचित्र पनि भन्ने गरेका छन् । चलचित्रमा विष्णु चेम्जोङ्गलाई एउटा सहासिक प्रहरी अधिकृतको रुपमा देख्न सकिन्छ । फिल्ममा जनक गुरुङको एक्शन, गोबिन्द राई र दिनेश माङ्मु लिम्बूको कोरियोग्राफी र राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।
के हो फोपी ?
‘फोपी’ नेपालको पहिलो पेड भिडियो स्ट्रिमिङ मोबाइल एप (Paid Video Streaming Mobile App) हो । ‘फोपी’मा रिलिज गरिएका सबै भिडियोहरु HD Quality  मा हन्छन् । ‘फोपी’ एपबाट युट्युवमा नभएका भिडियोहरुलाई डाउनलोड गरेर हेर्न सकनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता