इलाममा ९० मोतियाविन्दु रोगीको निःशुल्क शल्यक्रिया

इलाम, २७ मंसिरः  इलामको सूर्योदयन गरपालिकाको फिक्कल स्वाथ्य चौकीमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सोमबारबाट शुरु भएको आँखा शिविरमा  ६८ जना मोतियाविन्दुका रोगीको आँखाको शल्याक्रिया गरिएको छ ।
नेपाल नेत्रज्योति सङ्घ इलाम, सूर्योदय नगरपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शिविर सञ्चलन भएको हो ।
मङ्सिर १६ गतेदेखि सूर्योदयन गरपालिकाका विभिन्न स्थानमा आँखाको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको नेत्रज्योति सङ्घका सचिव विष्णु कार्कीले जानकारी दिनुभयो ।
शिविरमा विराटनगर आँखा अस्पतालका डा. हनी केसीलगायत ११ जनाको चिकित्सकको टोलीले सेवा पु¥याइरहेको छ । शिविरमा मोतिबिन्दुको शल्यक्रिया, विद्यार्थीलाई निःशुल्क चश्मा वितरण तथा औषधि विरण गरिएको छ ।
यस अघि आमचोकमा २२ जनाको शल्याक्रिया गरिएको कार्कीले बताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता