इलम प्याब्सनको अधिवेशन शुक्रबार

File Photo
इलाम, २६ मंसिरः इलाम प्याब्सनको ८ औं अधिवेशन शुक्रबारबाट इलाम सदरमुकाममा शरु हुने भएको छ ।  कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्नेछन् ।
शुक्रबार दिनभरी विभिद् कार्यक्रम कार्यक्रम गरेर मनाउने  प्यावसनका अध्यक्ष विकास कर्मचार्यका बताए । विहान ८ बजेबाट विद्यार्थीहरुको सहभागितामा ¥याली निकालेर शुरु भएको कार्याक्रम गौतम सभा गृहमा गएर अन्य  कार्यक्रम शुरु हुने छन् । 
कार्यक्रममा विद्यालयमा लामो समय सेवा गरेका पाँच व्यक्तिलाई सम्मान गरिने पनि कर्मचार्यले बताए । यस अवसरमा शिक्षक, शिक्षिकाहरू गंगाप्रसाद खनाल, सकुन्तला श्रेष्ठ, गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने आकृति भट्टराई र निरोज भण्डारी र पूर्व प्याब्सन जिल्ला अध्यक्षहरू युवराज बाशिष्ठ र प्रकाश बाशिष्ठलाई समेत सम्मानित गरिने जनाइएको छ ।
प्याब्सनको नयाँ कार्यसमिति १७ सदस्य बन्ने छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता