इलामेले नपत्तियाएको जोशी हाइड्रोको आइपिओमा सर्वसाधारण झुम्मिए

इलाम, १९ मंसिर ः खराव रेटिङ पाएको जोशी हाइड्रोपावरको प्राथमिक शेयरमा माग भन्दा दुई गुणा बढी आवेदन परेको छ । ४५ हजार तीन सय ८५ आवेदकबाट ३३ करोड २७ लाख २३ हजार रुपैयाँ बराबरको ३३ लाख २७ हजार ७३० कित्ताकालागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । यो मागभन्दा दुई गुणा बढी हो । 
वित्तीय अवस्था धेरै नै कमजोर भएकोले कम्पनीको क्रेडिट रेटिङ सबैभन्दा कमजोर ’इक्रा एनपि आइपिओ ग्रेड ५’ प्राप्त गरेको छ । जसका कारण स्थानीयले समेत नपत्याएको शेयरमा सर्वसाधारणको भने बढ्दो आकर्षण देखिएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गर्दा नबिकेको दुई लाख ४२ हजार एक कित्ता सहित कुल १६ लाख ९० हजार ४७० कित्ता प्राथमिक शेयर निष्काशन भएको थियो । 
जसमा कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा ५० हजार ७१४ कित्ता शेयर कर्मचारीहरुको लागि सुरक्षित गर्दै ८४ हजार ५२३ कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिसकेको छ । र, बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता शेयरकालागि आवेदन माग गरिएको थियो । साधारणमा लगानी फिर्ता हुने अवधि अर्थात ’पे व्याक पिरियड’ नै ११ वर्ष लाग्ने भएपछि स्थानीय प्रभावित क्षेत्रका वासिन्दा आकर्षित भएका थिएनन् । आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ८ लाख कित्ता सम्मको लागि आज बुधबारसम्म आवेदन दिन सक्छन् । मागभन्दा बढी आवेदन परिसकेकोले न्युनतम ५० कित्ता आवेदन दिए राम्रो हुने देखिएको छ । जोशी हाइड्रोले इलामको पुवाखोलामा ३ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता