सेनाले टुँडिखेलमा तारबेरा लगाएको भन्दै माइभ्याली गोल्डकप स्थगित, गोल्डकपलाई अवरोध गर्दैनौँ नेपालीसेना

इलाम, 3 पुषः  नेपालकै चर्चित फुटबल प्रतियोगिता माईभ्याली गोल्डकपको पाँचौ संस्करण आयोजकले स्थगित गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उक्त प्रतियोगिता संचालन गर्नको लागि फागुन २३ देखि चैत २ गतेको अनुमति प्रदान गरिसकेको थियो । 
इलाम सदरमुकाममा आइतबार जिल्ला फुटबल संघ इलाम र माईभ्याली फुटबल क्लब इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजकहरुले प्रतियोगिता स्थल ठुलो टुडिँखेलमा नेपाली सेनाले तारबोरा गरेको कारण दर्शाउदै प्रतियोगिता स्थगित गरेको जानकारी गराईएको हो । नेपाली सेनाको स्वामित्वमा रहेको ठुलो टुडिँखेलमा प्रतियोगिता संचालनको लागि तयारी गर्नु पर्ने पुर्वाधार व्यवस्थापन गर्न नपाए पछि प्रतियोगिता तोकिएको अवधिमा गर्न नसकिएको हो । इलाम जिल्ला फुटबल संघ र माईभ्याली फुटबल क्लबले खेल मैदान व्यवस्थापन गर्न इलाम गढिथुम्कास्थित पशुपतिप्रसाद गणसँग बारम्बार वार्ता गर्दा समेत चासो नदेखाएको तथा टुडिँखेल वरपर काँडेतारले बारबेरा गरेर सर्वसाधारणहरुलाई प्रवेशमा रोक लगाएको कारण प्रतियोगिताको भविष्य अन्यौलमा परेको हो ।
पत्रकार सम्मेलनमा माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले राणा, पञ्चायत तथा बहुदल कालमा समेत विभिन्न प्रतियोगिता निर्वाध संचालन गर्ने वातावरण रहेको टुडिँखेलमा अहिले आएर प्रतियोगिता संचालन गर्न नदिनु दुखको विषय भएको बताए । विगतका वर्षहरुमा पुर्वाञ्चलको प्रतिष्ठित ज्ञानी शिल्ड, कमल शिल्ड, भुकम्प पिडित स्मृति जस्ता प्रतियोगिता संचालन गरेर ख्याति कमाएको इलामे फुटबलको इतिहास अहिलेको इलामस्थित नेपाली सेनाको नेतृत्वको व्यवहारले धरापमा परेको अध्यक्ष चेम्जोङले बताए । उनले भने पशुपतिप्रसाद गणका गणपति असिमदिप गुरुङसँग बारम्बार वार्ता गर्दा मुखले ठिक्क पार्ने तर व्यवहार भने टुडिँखेलमा कसैलाई प्रवेश गर्न नदिने, खेलाडिहरुलाई अभ्यास सम्म गर्न नदिने जस्ता निरंकुश व्यवहार गर्ने गरेको आरोप लगाए । यता अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले भने नेपाली सेनाको स्वमित्वमा रहको खेल मैदनमा प्रतियोगिता गर्नको लागि अनुमति लिएको भए पनि बारम्वार विभिद् कुराहरुमा समझदारी हुन नसेकोर समाझदारी हुने समय अझै भएकोले पनि खेल स्थगित गरिएको हो । उनले भने सेनासँगको समझदारी सँगै प्रतियोगिता सञ्चालन हुने छ । 
यता नेपाली सेनाको इलामको गणका गणपति असिमदिप गुरुङले भने आफुहरुले टुँडिखेलमा प्रवेशमा रोक नलगाएको वताए । नेपाली सेनाले आफ्नो जग्गामा  ताराबेरा गरेकोे हो तर माइभ्याली गोल्डकपमा रोक लगाउन सो काम गरेको हैन । नेपाली सेनाले टुँडिखेल सवै इलामबासीले प्रयोग गर्न पाउने पनि वताएका छन् । उनले भने हामीले टुँडिखेलमा फोहोर पानी हाल्न नदिएको हो फुटबल प्रतियोगितालाई तराबाराले आसर गर्ने भएका सहजिकरणगरेर अघिवढ्न नेपाली सेना तयार रहेको पनि वताए  ।
माइभ्याली गोल्डकप हरियो चौउरमा खेलाउनको लागि नालीको पानी फिल्टर गरेर लागउने गरेको अघिल्लो सालको समझदारीलाई निरन्तरता दिएको भए चौउरमा यो समस्या नआउने पनि क्लवले जनाएको छ । समस्यालाई आपसी समझदारीमा दुवै पक्ष वसेर समाधान गर्न जरुरी देखिन्छ । इलामको इतिहास बोकेको माइभ्याली गाल्डकप यस्ता असमझदारीहरुलाई सामाधान गर्दै प्रतियोगिता सञ्चालन गर्न जरुरी देखिन्छ ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता