इलामको उच्च पहाडमा हिमपात, जिल्लभरी चिसो वढ्यो

इलाम, ३ पुसः इलाम लगायत देशभरी नै मौसममा परिवर्तन आएको छ । आइतबार सम्म घाम लागेको नेपालमा सोमबार दिनभर वादल छायो । 
आज मंगलबार भने विहान देखिनै इलाम लगायत विभिन्न ठाउँमा वर्ष हुन शुरु भएको छ । इलामका उच्च पहाडमा हिउँ झर्न शुरु भएको छ । इलामको सन्दकपुरमा विहानबाट अलिअलि हिउँ झर्न शुरु गरेको हो भने तप्लेजुङ लगायत नेपालका हिमाली जिल्लामा ठूलो मात्रामा हिमपात भइरहेको छ । धेर हिमाली जिल्लाको तपक्रम माइनसमा झरेको छ । चिसो ठाउँमा वस्ने वस्तीमा न्यनो लुगा लगाएर वस्न अनुरोध गरिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता