पाकेटमारको नाइकेसहित सात पक्राउ

काठमाडाँै, २ पुस (रासस) ः साङ्केतिक भाषाको प्रयोग गरी सर्वाजनिक सवारी साधनका यात्रुको पाकेटमारी गर्ने ‘नाइके मास्टर’ भनिने पूर्णबहादुरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चक्रपथ रुटमा चल्ने विभिन्न सवारी सधानमा यात्रा गर्ने यात्रुको पाकेट मार्दै आएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रभाग गोङ्गबुबाट सादा पोशाकमा खटिएको प्रहरीले बसुन्धराबाट नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका अभियुक्तको कोठा खानतलासी गर्दा रु ७० हजार ५००, भारतीय रुपैयाँ पाँच हजार ५००, लागुऔषध गाजा र विभिन्न कम्पनीका ३० थान मोबाइलसमेत बरामद गरेको महागरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता