इलाममा मेची क्षेत्र पर्यटन महोत्सवको तयारी तिब्र

इलाम,  प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रर्वधन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म आयोजना गर्न लागिएको ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’को तयारी तिब्र भएको छ । 
महोत्सवस्थल इलाम सदरमुकामको ठुलो टुँडिखेलमा स्टल बनाउने कार्य धमाधम भईरहेको आयोजकले जानकारी दिएको छ । यस्तै गरी बढी भन्दा बढी पर्यटकहरु भित्राउनका लागि चार वटै जिल्लाका विभिन्न एफएमहरुबाट महोत्सवको प्रचार प्रसार गरिरहेको आयोजक इलाम पर्यटन प्रर्वधन सरोकार समितिका सचिव देवी पौड्ेलले जनाएका छन् ।
चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले जनाएको छ । बाह्र दिनसम्म चल्ने महोत्सवमा १५० व्यावसायिक स्टल रहने छन् । 
चार जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुति रहने आयोजकले जनाएको छ । पचास हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा अनुमानित ५० लाख रुपैँया खर्च हुने जनाइएको छ । महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता