पाँचौँ माइभ्याली गोल्डकप फागुन २३ देखि, हरियो मैदानमा खेल देख्न मुस्कील

इलाम, २५ मंसिरः इलामको प्रतिष्ठीत प्रतियोगिता माइभ्याली गोल्डकप फागुनमा हुने भएको छ ।  पाँचौँ माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता यहि  फागुन २३  गते देखि चैत २ गतेसम्म गराउन अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्वीकृति प्रदान  गरेको छ । 
इलामको माइभ्याली गोल्डकपको लागि खेल तालिका मिलाउँदा फागुन २३ गते देखि तालिका मिलाएको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले बताए ।
माइभ्याली गोल्डकपको आयोजक माइभ्याली फुटकल क्लवले मागेको समयमा खेल तलिका पाएको र यो संस्करणमा भारतका ३ टीम र नेपालका ए डिभिजनका ७ टीमको सहभागीता हुने क्लवका अध्यक्ष धिरेन चेम्जोङले वताए । उनले भने ‘चौथो संस्करणमा जस्तो हरियो मैदानमा खेल खेलाउन यो संस्करणमा मुस्कील रहेको छ । अहिले अलिअलि भएको चौउर पनि अन्य प्रयोजनमा खेलमैदान प्रयोग हुँदा नष्ट हुने अवस्थामा पुगेको छ ।  समयमा पानीको प्रयोग गर्न नपाउनु पनि यसको मुख्य कारण हो । एनफाले तलिका दिए पछि हामी प्रतियोगिता सञ्चालनको आन्तरिक तयारीमा लागेका छौँ ।’ 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता