क्षमता बढाउन महोत्सव

बिर्तामोड ९ पुसः  इस्ट होराइजन अङ्ग्रेजी मावि धुलाबारीले विद्यार्थीको ताजगीपन र व्यवहारिक ज्ञानका लागि महोत्सवको  आयोजना गर्ने भएको छ । निजी विद्यालयले पनि विद्यार्थीलाई व्यवहारीक ज्ञान दिन आवस्यक रहेको र विद्यार्थीमा भएको कलालाई वाह्यरुपमा प्रस्तुत गर्ने अवसर र प्रेरणा दिने उद्देश्यले पुस ११ र १२ गते दुई दिन विद्यालयको खेल मैदानमा महोत्सवको तयारी गरेको हो ।
 विद्यालयले महोत्वसलाई इस्ट होराईजन शितकालिन महोत्सव २०७५ नामाकरण गरेको छ । दुई दिनसम्म चल्ने महोत्सवको उद्घाटन सोहि विद्यालयमा विद्यार्थीले बनाएको ड्रोन उडाएर प्रदेश– १ का सांसद गोपालचन्द्र बुढाथोकीले गर्ने विद्यालयका प्रिन्सिपल सञ्जिव राईले बताए । उनले दुई दिने महोत्सवको आकर्षणमा विद्यार्थीद्वारा निर्मित रोबट लगायत विज्ञान सम्बन्धि प्रदर्शनी, विद्यार्थीहरुको चित्रकला तथा हस्तकला प्रदर्शन, विद्यार्थीद्धारा घरको प्लम्बिङ्ग सम्बन्धि कार्यको प्रदर्शनी, कक्षा १० सम्मका ४ सदनका विद्यार्थी र कक्षा ११ र १२ का होटल मेनेजमेन्ट तथा होम साइन्स ग्रुपबाट तयार पारिएका खानेकुराको परिकार प्रदर्शन, विद्यार्थीहरुको टपरी बुन्ने र वाती काट्ने, सिलाई बुनाई कलाको प्रदर्शन लगायत रहने बताए ।
महोत्सवमा विद्यार्थीका गायन र नृत्य, अभिभावक नृत्य प्रतियोगिता ०७५ का स्लाईड सो, विद्यालयको डकुमेन्ट्रि र वेग पाइपर वेण्ड डिसप्ले लगायतका मनोसञ्जनात्मक कार्यक्रम पनि राखिएको विद्यालयले जनाएको छ । महोत्सवले पढाइ बाहेक विद्यार्थीले सिकेका अन्य कुरालाई प्रस्तुत गर्ने अवसर पनि दिने बताईएको छ । 
करिब १२ लाख रुपैयाँ लागतमा सक्ने तयारी भएको सो महोत्सवमा विद्यार्थी सहित शिक्षक कर्मचारीहरुको पनि उल्लेख्य सहभागिता रहने आयोजकको भनाई छ । सो कार्यक्रमहरुमा एक हजार विद्यार्थीको प्रत्यक्ष सहभागिता रहने छ भने ९० शिक्षक तथा कर्मचारीको पनि संलग्नता रहने बताईएको छ । महोत्सवको तयारी तिब्र रुपमा भईरहेको आयोजक विद्यालयले सोमबार विद्यालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता