जितपुरमा पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सन्चालन हुने


  • बिमल अधिकारी 

जीतपुर, ९ पौषः इलाम देउमाइ नगरपालिकाको जितपुरमा पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सन्चालन हुनेभएको छ। देउमाइ नगरपालिका नौ जितपुरको नवमीमा आगामी पौष २५ गतेबाट सो खेल हुने बताइएको छ। 
जितपुर सामुदायिक बिकास केन्द्रको आयोजनामा हुने खेलबाट प्रथम हुने टिमले नगद रु. एकलाख एघार हजार एकसय एघार, ट्रफि ,मेडल र प्रमाणपत्र त्यस्तै दोस्रो हुने टिमले नगद रु छैसठ्ठी हजार छ सय छैसठ्ठी , ट्रफि ,मेडल र प्रमाणपत्र पाउने छन। यहि पौष २० गते सम्म टिम दर्ताको लागि म्याद तय गरिएको खेल २५  पौषबाट जितपुर माबिको खेल मैदानमा हुने आयोजक सस्थाका अध्यक्ष गोपाल पौडेलले बताउनु भयो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता