सिद्धिथुम्का एक परिचय

  • सिताराम फुयल

इलाम जिल्लाको पश्चिममा करिब १५ कि.मी।. रमाइलो यात्रा तय गरेपछि पर्यटकीय क्षेत्र सिद्धिथुम्का पुग्न सकिन्छ । परापूर्व कालदेखि सूर्योदय र सूर्योस्तको अवलोकनका साथै विभिन्न पर्यटकीय सम्पदाहरुको अवलोकन गर्न सकिन्छ । सिद्धिथुम्का गा।वि।स।मा सिद्धिथुम्का चुली,अजम्बरे डाँडा,खान्द्रुङ्ग गुफा, पंखेलुङ्ग झरना,प्रसिद्ध माइनदी,फाल्गुनन्द माङ्गहिम,रातो पानी,देवीथुम्का डाँडा,नामथला,पंचमी बजार,रमिते डाँडा आदि पर्यटन क्षेत्रमा जातिय विविधता,रहन सहन,रीतिरिवाज मौलिक सँस्कृति परम्परा पाउन सकिन्छ ।
नेपालको पर्यटकीय दृष्टिकोणले विश्वमै एक उत्कृष्ट गन्तव्य स्थल इलाम जिल्लाको पश्चिमि क्षेत्रमा अवस्थित सिद्धिथुम्का सदरमुकामबाट करिब १५ किलोमिटर पश्चिममा अवस्थित रहेको छ । २६ डि. ४८ मिनेट   ३० से. देखि २६ डि. ५३ मि. ४० से. उत्तरी अक्षांश र ८७ डि. ४७ मि. ४५ से. देखि ८७ डि. ५२ मि. ३० से. पूर्वी देशान्तमा अवस्थित यो गाविसको पूर्वमा सोयाक, पश्चिममा जितपूर, उत्तरमा पनी जितपूर–साङरुम्बा र दक्षिणमा माईखोला चिसापानी, दानाबारी महमाई  रहेका छन् ।
 सिद्धिथुम्का  समुद्र सतहबाट करिब दुई सय ७२ देखि एक हजार ७ सय १० मीटर सम्मको उचाइमा रहेको छ । गाविसको पूर्व दक्षिण पाटोमा रहेको एक हजार ६ सय ९३ मीटरको उचाइमा अवस्थित सिद्धिथुम्का चुली सिद्धि देवी पुजा, सूर्योदय, सूर्यास्त दृश्यावलोकनका लागि प्रसिद्ध रहँदै आएको छ । जसलाई सिद्धिथुम्काको प्रमुख आकर्षकका रुपमा लिइन्छ । यसबाहेक अजम्बरे डाँडा, खान्द्रुङ्ग गुफा९देवी ढाँड०, नामथला,फुलवारी, पोखरीगाउँ, पंखुलुङ्ग झरना,रातोपानी, फल्गुनन्द माङ्गहिम९मंदिर०, सिंहदेवीस्थान, पानी घट्ट, मौरी पालन व्यवसाय, फुलबारी, माई नदी  सखुवा साल, चियाको जंगली जात हिंगुवा लगायतका प्रचुर जैविक विविधता, माईखोलाको नागबेली दृश्य तथा अन्य प्रजातीहरुको जंगल, लिम्बु, राई, तामाङ, मगर, तथा गोर्खे र फुलबारी झिल्के यस क्षेत्रका  प्रमुख आकर्षणहरु हुन् । यस गाविसका मुख्य खोलानालामा माइखोला, शिवाखोला, भालूखोला, लेखवा खोला पखेंलूङखोला, राते खोला, सहुरे खोला घिसिङखोला र किखिरखोला रहेका छन् ।सिद्धिथुम्का चुली र अजम्बरेडाँडाबाट इलाम जिल्लाका ४८   गाविसहरु र १ नगरपालिका तथा छिमेकी जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, भारतको दार्जिलिङ्ग, सिलिगुडि करसाङ्ग आदि क्षेत्रहरुको साथै माईखोलाको नागबेली दृश्य चुरे क्षेत्रको अलौकिक दृश्यावलोकन गर्न सकिन्छ । छिमेकी गाउँ सोयाकको खाटेढुंगा, बालकन्या देवी र  गुर्दुम डाँडा,जितपुरको ढोले देवी, झ्याउ पोखरी लगायत गजुरमुखि, म्याङ्मालुङ्ग, चिसापानी पञ्चिमी, रवि, बाँझोको लारुम्बा, लगायतका विभिन्न मनोरम तथा महत्वपूर्ण स्थलहरुको रुपमा विकास भएको हाम्रो पर्यटकीयस्थल विकासले  अन्य स्थानहरुको विकासमा पनि टेवा पुग्नेछ । हाम्रो पर्यटकीयस्थलको सिद्धिथुम्का चुलिबाट विश्वको सर्वोच्च शिखर सगरमाथा र तेश्रो शिखर कञ्चनजंघाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । 
वि।स १९८३ सालसम्म प्रशस्त वन पाइने सिद्धिथुम्काको नामकरण लिम्बु भाषाबाट मादेबुङ्गमा वेतको बोट भए पनि लहराउँदै झाँगिदै आएर वेत फुल्ने ठाउँ भएकाले श्री भेनको वेत र फूर्का भन्नाले फुलेको भन्ने अर्थ हुँदा श्री फूूर्का भनी वेतफुल्ने ठाउँलाई पछि अपभ्रंश भई श्रीफुर्काबाट सिद्धिथुक्का नाम रहन गयो भने सिद्धदेवी डाँडा भएकाले पनि सिद्धिथुम्का नाम रहन गएको धार्मिक विश्वास रहेको छ । यसैगरी लिम्बु समुदायमा सिरि भनेको शक्ति कोक्मा भनेको शक्तियुक्त डाँडा बाट सिद्धिथुम्का रहन गएको भन्ने भनाई पनि रहदै आएको छ ।सिद्धिथुम्का चुली सुर्योदय र सुर्यास्त अवलोकन  
समुन्द्री सतहबाट एक हजार ६ सय ९३ मीटरको उचाईमा रहेको सिद्धिथुम्का चुली विशेषतः सूर्योदय, सूर्यास्त, विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा,कुम्भकर्ण लगायतका हिमश्रृंखला, इलाम, झापा,सुनसरी, मोरङ्ग, धनकुटा पाँचथर सिमावर्ती भारतीय क्षेत्र लगायतको विभिन्न मनोरम स्थानहरुको दृश्यावलोकनका लागि महत्वपूर्ण स्थलका रुपमा रहेको छ । चुलि क्षेत्रमा जिम्बु र हिंगुवा प्रजातिका जंगलहरुको बीच सेता दर्शन ढुगाहरुका कारण निकै मनमोहक देखिन्छ । 
सुर्योदयका समयमा  सूर्यको पहिलो किरण  प्रकाश कंचनजघां हिमालमा पर्दा देखिने चादँनी दृश्यबाट शुरु भई मानवीय कल्पनाका बिम्बहरु जस्तै काक्रो, सामुद्रिक छाल, घैला, टोपी, आकार हुदै १० देखि २० मिनेटसम्म रमाइलो साथै भमराहरुले चुलीमा रहेको ठुलो दर्शन ढुंगालाई परिक्रमा गर्दा र इलाम, झापा र भारतका विभिन्न स्थानहरुको अलमल  दृश्यले सूर्योदयलाई अझै मनोरम बनाउँछ । साझँमा सूर्यले क्षितिजमा डुबुल्कि मारेको दृश्य यहाँको अर्को थप प्रमुख आकर्षण हो । यस क्षेत्रमा आधार चुली सामुदायिक वन क्षेत्रमा हिंगुवा, लेकाली भलायो,हरियाली जिम्बुको जंगलको रीङ्गरोड हुदै अवलोकन गर्न सकिन्छ
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता