इलामकाे फुयातप्पामा माेटरसाइकलकाे ठक्करबाट वृद्धाकाे मृत्यु

इलाम, २३ मंसिरः इलामकाे फुयातप्पामा माेटरसाइकलकाे ठक्करबाट एक वृद्धाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा फाकफाेकथुम ४ फुयातप्पा वस्ने बिर्ख बहादुर लकान्द्री रहेका छन् ।  
शनिबार साँझकाे समयमा फुइयातप्पा स्थितमा फुयातप्पा बाट रबिपाँचथर जाने बाटोमा पाँचथरबाट फुयातप्पा आउदै गरेको मे १प १४३९ नः को  माेटरसाइकलले पैदल यात्री  बिर्ख बहादुरलार्इ ठक्कर दिई टाउको र खुट्टामा चोट लागी घाइते बनाएकोमा स्थानिय प्राथमिक स्वास्थ्यकेन्द्रमा सामान्य  उपचार पछी झापा स्थित वी एणड सी अस्पतालमा लगिएकोमा उपचारको क्रममा सोहि राति उनकाे मृत्यु भएको हाे । माेटरसाइकल  चालक इप्रका अनारमनि झापाको नियन्त्रणमा रहेको र माेटरसाइकल प्रहरी कार्यालय  रबिको नियन्त्रमा रहेको जिल्छला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता