नेपालटारमा नेपाल स्काउटकाे दुई दिने क्याम्प सम्पन्न

  • बिमल अधिकारी 

नेपालटार, २२ मंसिरः नेपालटारमा नेपाल स्काउट इलामको दुई दिने क्षेत्रीय क्याम्प  सम्पन्न भएको छ । क्षेत्र न तीन इलामका छ वटा बिधालयका गरि जम्मा दुई सय सोह्र स्काउट बिद्यार्थी र पन्ध्र स्काउटर सहभागी भएको क्याम्पमा विभिन्न बिधामा प्रतिष्पर्धा भएको  थियो ।
अमर ट्रुप बरबोटेले सबै भन्दा बढी प्रतिष्पर्धामा प्रथम स्थान हासिल गरेको थियो भने बरबोटे बोर्डिङ ट्रुप दोस्रो र नेपालटार ट्रुप तेस्रो भएका छन। समापन कार्यक्रममा प्रमुख अतिथि स्काउट इलामका जिल्ला आयुक्त कृष्णकुमार घलेले पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भएको क्षेत्रीय संयोजक अर्जुन शर्माले बताउनु भयो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता