
इलाम, २२ मंसिरः मेची राजमार्गमा सवरी दुर्घटना हुँदा १३ जाना घाइते भएकाछन् । झापा र इलामको सिमना जारकलशबाट ५०० मिटर माथि विराटनगरबाट बनभोजखान कन्याम आएर फर्किएकोे को १ ज १७८५ माईक्रो (TATA winger ) साझ ६ बजे दुर्घटना भएको हो । माइक्रमोमा सवार १३जना घाइतेलाई अहिले झापाको विर्तासिडीमा उपचार भइरहेको छ भने सवै घाइतेको अवस्था सामान्य रहेको माइपोखरी न्युजका सहकर्मी गगन घिमिरेले वताए ।