मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा, १८ मङ्सिरः मोरङमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनामको मृत्युभएको छ । उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको हो। को१९प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो । 
गम्भीर घाइते अमितको उर्लाबारीको अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । गम्भीर घाइते मोटरसाइकल चालक ३० वर्षीय बोरिस धिमालको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता