यसरी छानिदै छ अपाङ्ग बालबालिकाका लागि अक्षयकोष निर्माणार्थ नृत्य प्रतियोगिताका प्रतियोगिहरु (फोटो फिचर)

इलामः इलाममा अपाङ्ग बालबालिकाहरुको लागि अक्षयकोष निर्माणार्थ “अन्तर विद्यालय नृत्य प्रतियोगिता सिजन–२” को आयोजना गरिएको छ । देवेन गहना गृह इलामद्वारा आयोजना गरिएको “अन्तर विद्यालय नृत्य प्रतियोगिता सिजन–२” को उत्कृष्ट २२ प्रतिस्पर्धी छनौट गरिएको हो ।
जिल्लाका ७५ विद्यालयका करिब तीन हजार विद्यार्थीहरुबीच गरिएको प्रतिस्पर्धाबाट उत्कृष्ट २२ जना छनौट गरिएको आयोजक देवेन गहना गृहका संचालक देवेन्द्र शंकरले बताउनुभयो । इलाम जिल्लामा रहेका अपाङ्गता वरण भएका बालबालिकाहरुका लागि न्यूनतम् ३० लाख रुपैंयाँ बराबरको अक्षयकोष निर्माण गर्ने उद्देश्य प्रतियोगिता संञ्चालन गरिएको संञ्चालक शंकरले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अध्ययनको लागि छात्रबृत्ति प्रदान गरिनुका साथै प्रथम हुने विद्यार्थीलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैंयाँ नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
यसबाहेक नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रथम हुनेलाई पाँच लाख, दोस्रो हुनेलाई तीन लाख र तेस्रो हुनेलाई दुई लाख बराबरको लाईफ इन्सुरेन्स गरिनुका साथै अन्य विभिन्न अवसरहरु प्रदान गरिने संचालक शंकरले बताउनुभयो ।
छनौट भएका प्रतिस्पर्धीहरुको विवरणः– 
  1. कुशुम राईः मण्टेश्वरी बोर्डिङ्ग स्कूल, इलाम नगरपालिका ।
  2. शोभा शेर्पाः बी.बी. मेमोरियल अंग्रेजी बोर्डिङ्ग स्कूल, इलाम नगरपालिका ।
  3. स्मिता लेप्चाः हेरिटेज नेशनल एकेडेमी, इलाम नगरपालिका ।
  4. रिसिम गिरीः ग्रीनभ्याली एकेडेमी, इलाम नगरपालिका ।
  5. भूमिका कार्कीः बरबोटे बोर्डिङ्ग स्कूल, इलाम नगरपालिका ।
  6. अस्मिता गुरुङ्गः जुबिल्याण्ट इलाईट एकेडेमी, इलाम नगरपालिका ।
  7. नर्गिस कार्कीः माउण्ट मेची बोर्डिङ्ग स्कूल, इलाम नगरपालिका ।
  8. मनिषा राईः अमर माध्यमिक विद्यालय, इलाम नगरपालिका ।
  9. सञ्जु भुजेलः एभरल्याण्ड इन्टरनेशनल एकेडेमी, सूर्याेदय नगरपालिका ।
  10. सोमिया राईः इलाम ग्लोरियस बोर्डिङ्ग स्कूल, सूर्याेदय नगरपालिका ।
  11. सुहाना गदालः इलाम साईज्योति बोर्डिङ्ग स्कूल, सूर्याेदय नगरपालिका ।
  12.  अस्मिता कट्टेलः पञ्चकन्या बोर्डिङ्ग, सूर्याेदय नगरपालिका ।
  13.  आकृति राईः पाथिभरा अंग्रेजी बोर्डिङ्ग स्कूल, सूर्याेदय नगरपालिका ।
  14.  आषिस गुरुङ्गः इष्ट पोइन्ट अंग्रेजी स्कूल, सूर्याेदय नगरपालिका ।
  15. शारदा भुजेलः सुर्याेदय शिक्षा सदन, देऊमाई नगरपालिका ।
  16. कृष्टिना फागोः खान्द्रुङ्ग माध्यमिक विद्यालय, देऊमाई नगरपालिका ।
  17. जिना लिम्बूः पञ्चमी अंग्रेजी बोर्डिङ्ग स्कूल, देऊमाई नगरपालिका ।
  18. भीष्मा लिम्बूः भानुभक्त माध्यमिक विद्यालय, देऊमाई नगरपालिका ।
  19. रीस्ता परियारः इलाम मर्निङ्ग ग्लोरी स्कूल, देऊमाई नगरपालिका ।
  20. सजना चबेगुः कन्काई माध्यमिक विद्यालय, माई नगरपालिका ।
  21. अलिसा साउदेनः इलाम न्यू लाईट अंग्रेजी स्कूल, माई नगरपालिका ।
  22. कृषा राईः नेपाल एकेडेमी, माई नगरपालिका ।





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता