
इलाम, १८ मंसिरः जिल्ला ट्राफिक कार्यालय इलामले यहि पौष १ गते देखि १ देखि मेची राजमार्ग र यसका सहायक राजमार्गमा ट्रिपर सञ्चालनमा रोक लगाएको छ ।
१ नं। प्रदेश अन्तर्गत रहेका मुख्य राजमार्ग तथा सहायक राजमार्गमा सुरक्षा एवं ट्राफिक आवागमनलाई केन्द्रित गरी विहान ०९ः०० बजे देखि ११ः०० बजे सम्म र बेलुका १५ः०० बजे देखि १७ः०० बजे सम्म पिक आवर समयमा ट्रिपर संचालनमा पूर्ण रुपमा रोक लगाउने जिल्ला सुरक्षा समितिबाट समेत निर्णय भई सकेको छ । साथै जिल्ला ट्राफिक कार्यालय इलामले उक्त समयमा ट्रिपर संचालन नगर्न नगराउनु हुन सम्बन्धित सरोवारवाला सबैलाई अनुरोध समेत गरेको छ ।
अत्यधिक दुर्घटनाहरु ट्रिफका कारणले भएकोदेखिएकोले पनि यस्तो नीति अवलम्वन गरिएको जिल्ला ट्राफिक इन्चार्ज पदम राईले माइपोखरी न्युजलाई वताए ।