नवमीमा आयुर्वेदिक पद्धतिबाट नसर्ने रोग उपचार सम्बन्धि गाउघर क्लिनिकको उदघाटन


  • बिमल अधिकारी

 देउमाइ, १८ मङ्सिर: देउमाइ नगरपालिका नौ नवमिमा आयुर्वेदिक उपचार पद्धतिबाट नसर्ने रोग सम्बन्धि गाउँ घर क्लिनिकको आज एक कार्यक्रमका बिच उदघाटन भएको छ।
फाकफोक आयुर्वेद औषधालयको आयोजना तथा देउमाइ नगरपलिकाको सहयोगमा शुरुवात गरिएको क्लिनिक प्रत्येक पन्ध्र दिनमा देनपा नौ नवमिमा निरन्तर सन्चालन हुने बताइएको छ। जितपुर स्वास्थ चौकी मा भएको उदघाटन कार्यक्रम देउमाइ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद दहालको सभापतित्व तथा नगर प्रमुख सुर्य पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा देनपा ९ का वडा अध्यक्ष प्रेम सागर बराल, उद्योग बाणिज्य संघ इलामका अध्यक्ष आनन्द कट्टेल, फाकफोक आयुर्वेद औसधालय प्रमुख कबिराज तुलसी भट्टराई , मेची अन्चल आयुर्वेद औसधालय प्रमुख खगेन्द्र पौडेल , राम कृष्ण अचार्य लगायतको आतिथ्यता रहेको थियो। 
फाकफोक आयुर्वेद औसधालय प्रमुख कबिराज तुलसी भट्टराई , मेची अन्चल आयुर्वेद औसधालय प्रमुख खगेन्द्र पौडेल, बैध्य बिनोद कु यादबले स्वास्थ परिक्षण गर्नुभएको थियो। आजको उदघाटन कै दिन नसा, हाडजोर्नी ,सुगर,प्रेशर, पेट का समस्या लगायत गरि जम्मा एक सय दस जना ले स्वास्थ परिक्षण गराइ निशुल्क औषधि लगेको बताइएको छ।
उदघाट्न कार्यक्रममा बोल्दै बक्ताहरुले आयुर्वेद र एलोपेथिक उपचार पद्दती प्रतिस्पर्धाको रुपमा नभइ परिपुरक रहेको बताउनुभयो।अगामी क्लिनिक यहि मंसिर २८ गते हुने फाकफोक आयुर्वेद औसधालय प्रमुख तुलसी भट्टराईले बताउनु भयो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता