स्वरुप फेर्दै रहेछ अन्तुले


  • गोबिन्द पौडेल  


अन्तु २ माघः ग्रामिण पर्यटनको प्रर्वधन  र होमस्टेको  विकास सगै नेपालकै उत्कृष्ट गन्तब्य बनेको अन्तुले अहिले भने आफ्नो भेष बदल्दै पुरानो स्वरुप  पवरिवर्तनको संघारमा उभिएको छ ।
बिहान सबेरं सुर्योदयको दृश्यावलोकन गर्न अघिल्लो साझ नै अन्तु पुग्ने पर्यटकहरुको बसाइलाइ सहज बनाउन भएका घरहरुमा होम स्टेको प्रबन्ध गरेर अहिलेको अवस्था सम्म आइपुगेको अन्तुमा अहिले भने ठूला ठूला होटलहरु खोलिने क्रम शुरु भएपछि यहा आउने पर्यटकहरुले ग्रामिण परिबेस बिर्सने र शहरिया माहोल कै बिकास हुन लागेपछि अवका दिनमा अन्तुले पुरानो स्वरुप परिबर्तन गर्न लागेको हो ।
 पहिला खासगरि सुर्योदको दृश्यावलोकन गर्न कार्तिक देखी  पौष महिना सम्म पर्यटकहरु आउने गरेको अन्तुमा अहिले  पुर्वाधारको बिकास र अन्य संरचनाहरुको निमार्णले बाहै महिना भिड लाग्ने गरेको छ । पर्यटकहरुको सुबिधाकोलागि अन्तुमा सामुदायिक स्तरबाट ४३ घरहरुमा होमस्टेको विकास गरिएकोमा अहिले आएर ठूला होटल र रिसोटहरुनै बन्न थालेपछि अन्तुको बसाइ महंगिने र ग्रामिण परिबेसका वसाइ शहरिया शैलिको बन्ने भएपछि केही समयपछि यहाको होमस्टेहरु बिस्तापित हुने संभावना समेत बढेको छ ।
अन्तु र आसपासको संरचना निमार्णको रुप हेर्ने हो भने पनि तथ्यलाइ पुस्टि गर्छ । यहाका खरका घरहरु बिस्तापित भएका छन् , स्थानिय स्तरमा पाइने कुषि उपजहरुको प्रयोग न्युन रहेको छ, अन्तु पोखरी आसपासका कटेजहरुमा तामाङ्ग सेलो भन्दा पप र र्यापहरुको गुन्जन रहेको पाइन्छ । ब्राण्डी, ह्विस्की त सामान्य बन्दैगएको छ एक स्थानिय ब्यवसायिको चिन्ता रहेको छ ।
समग्र अन्त पर्यटन क्षेत्रकोु गुरु योजना नभएको कारण पनि यी समस्या आएकोले  समग्र गुरु योजना निमार्ण गरेर बिकास गर्नसके देखिएको समस्या हल हुने अन्तुको बिकासमा अहोरात्र लागिरहेको एक ब्यवसायि रुद्र घिमिरे भन्छन् ।  अहिले अन्तुमा  सदाबहार रुपमा पर्यटकहरुको चाप बढ्न थालेपछि  अन्तु बाहिरका बयवसायीहरुपनि अन्तुमा ब्यवसायको लागि आर्कसित हुन थालेका छन । २०५७ सालतिर अन्तुको भन्ज्याङ्ग आसपासमा प्रतिरोपनि एकलाखमा पाइने जग्गा हहिले संरचना हेरेर आसपासमानै प्रतिरोपनी पन्ध्र लाख र सुगम स्थानमा त्यो भन्दा निक्कै महैगोमा बिक्री भइरहेको स्थानिय ब्यवसायी समेत रहेका राम घिमिरेले बताए । यसरी जग्गा बिक्री हुनुको कारण अन्तुमा होटल र रिसोटहरुको निमार्ण हुनु नै रहेको पाइन्छ ।
यसले जसरी पनि अन्तुको विकास र उन्नतीमा सहयोगी चाहि बनेकै छ तर विकासले ग्रामिण परिबेस र सुरुको अन्तुको चिनारीलाई मेटाउने पानि होकी भन्ने संभावना रहेको जानकारहरुको चिन्ता रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता