आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएन

सिन्धुली २४, पुष । तपस्वी रामबहादुर बम्जनमाथि लागेका आरोप बारे प्रहरीले अनुसन्धान थालेको एक साता हुँन लाग्दा प्रहरीले उनलाई भने नियन्त्रणमा लिन सकेको छैन् ।
सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित पैरे आश्रममा बस्दै आएका बम्जनलाई प्रहरीले नियन्त्रणमा लिन नै इच्छा नदेखाएको पाइएको छ । उनको आश्रममा पुगेका पाँच जना अनुयायीहरु बेपत्ता पारिएको लगायतका संगिन आरोप लागेका ‘लिटिल बुद्ध’का नामले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रममा रहेको तथ्य खुलासा भए पनि सिन्धुली प्रहरीले उनलाई नियन्त्रणमा लिन नसकेको हो ।
उनका विभिन्न आश्रममा बस्दा पाँच जना उनका अनुयायी र आनीहरु बेपत्ता भएको, आश्रमका आनीहरुमाथि यौन दुव्र्यबहार गरेको जस्ता आरोपमा बम्जनमाथि किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको खोजी गर्दै उनको सिन्धुपाल्चोक बाँडेगाउँ स्थित आश्रममा सिलबन्दी गरेर अनुसन्धान थालेको छ ।
तर, यस्ता आरोप लागेको बम्जनलाई नियन्त्रणमा लिन भने सिन्धुली प्रहरी र माथिल्लो निकायले पहल नगरेको भन्दै चौतर्फी आलोचना हुन थालेको हो । उता यस विषयमा सिन्धुलीका प्रहरी प्रमुख यसपी रामेश्वरप्रसाद यादवले भने माथिल्लो निकायबाट बम्जनलाई नियन्त्रणमा लिन आदेश नआएकाले नियन्त्रणमा लिन नसकिएको बताएका छन् ।
मकावनपुर र सिन्धुपाल्चोक प्रहरीले गरेको सर्कुलेसन अनुसार सिन्धुली प्रहरीले पनि अनुसन्धान गरिरहेको र विशेष टोली आए अनुसन्धानमा थप सहयोग गर्ने यादवको भनाई छ । उनको सिन्धुली आश्रममा प्रहरीले छापामार्ने चर्चा चलेपनि हालैमात्र बम्जनको आश्रममा पुगेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले उनलाई नियन्त्रणमा लिन सरकारको माथिल्लो निकायबाट निर्देशन नआएकाले उनलाई विशेष निगरानीमा मात्र राखेको जनाए ।
बम्जन र उनका सहयोगिमाथि पाँच जना अनुयायीहरुको आश्रममा हत्या गरी वेपत्ता बनाएको र थुपै आनीहरुमाथि यौन दुव्र्यबहार गरेको आरोप लागेको छ ।
विभिन्न जिल्लाका आश्रममा रहँदा विवादित भएका बम्जन गत डेढवर्ष यता सिन्धुली आश्रममा बस्दै आएका छन् । उता बम्जनका विवादित विषयमा बोधिश्रवण धर्म संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले बम्जनमाथि लागेको आरोप निराधार रहेको दावी गरे । थिङले बम्जनमाथि लागेको आरोपमा कुनै सत्यता र तुक नभएको समेत उनको दावी छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता