डा. रामकृष्णको इलामको राहासलमा निःशुल्क स्वास्थ्य सेवा

इलामः २४ पुसः इलामको गोलाखर्क भञ्ज्याङमा रहेको राहासल बाल अनाथालयका १५ जना बालबालिकालाई इलाम लक्ष्मीपुरका डा. रामकृष्ण आचार्यले निःशुल्क स्वास्थ्य परिक्षण गरिदिएका छन् । 
स्वास्थ्य परिक्षणको क्रममा बालबालिकामा सामान्य मौसमी रुघाखोकी मात्र देखिएको र उपचारको लागि औषधी समेत निःशुल्क वितरण गरिएको डा. आचार्यले माइपोखरी न्युजलाई बताए । 
स्वास्थ्य परिक्षणको साथै इलाम कम्युनिटी हेल्थ केयर सेन्टर (शान्ता मेडिकल) अस्पताललाईनले निःशुल्क औषधी वितरण गर्नुको साथै स्टाप नर्स सुरिता राईले टोपि पेन्सिल र कापि कलम समेत वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता