इलाम पाटापुरको समस्या समाधान नजिक : मालपोतमा भारी छुट

  • गोबिन्द पौडेल  

रोङ २६ पुसः जग्गाको लालपुर्जा बोकेरपनि स्वामित्व लिन नसकेका  रोङ ६ पाटापुरका सुकुम्वासीहरुले भारी छुटका साथ  मालपोत बुझाउन पाउने भएका छन् ।
बिगत २३ बर्ष देखी आफ्नो नाममा जग्गा दर्ता भएपनि धनीपुर्जा पाउन नसक्दा निरास बनेका स्थानीयलाई रोङ गाउपालिकाले टंक थापाको संयोजकत्वमा ब्यवस्थित बसोबास समिति बनाएको थियो । समितिले बिगतदेखी बर्तमान सम्मको  कार्यहरुको अध्ययन गरेर भएका प्रकृयाहरु, बास्तबिक अवस्थाको अध्ययन र आवश्यक निर्णयहरु सहित अगाडी बढेपछि ८६ परिवारका करिब १८ सय रोपनी जग्गाको फिल्डबुक उतार गरि मालपोत कार्यलयले दर्ता भएको मितिबाट मालपोत बुझ्ने र बुझाउने सम्मको  जानकारी समितिलाइ प्रप्त भएपछि पाटापुरको समस्या समाधानउन्मुख बनेको हो ।
यसैगरि बिगत २३ बर्षदेखीको एकमुस्ट मालपोत रकम र हर्जना तिनुपर्दा नागरिकहरुलाइ ठूलो आर्थिकभार पर्ने भएपछि रोङ गाउपालिकाको कार्यपालिकाको पुस २५ गते बसेको बैठकले हालसम्मको हर्जना र बढी मालपोत रकमलाइ भारी छुट दिखै प्रतिरोपनी रु ५ का दरले लिने निर्याय गरेको गाउपालिकाको प्रबक्ता सुवास तामाङ्गले बताए ।  यता रोङ गाउपालिकाले  गत बर्ष सम्म जग्गाको मालपोत रकम ५ देखी ८ रुपैयासम्म लिने गरेको वडा नं ६ का कर्मचारी फुर्वाछिरिङ्ग लाप्चाले बताए । जग्गाको मालपोत बुझाएपछि जग्गा धनीको स्वामित्व हुने र नामसारी, अंशबण्ड सम् मगर्न सकिने भएपनि केही समय बेचबिखन भने गर्न नपाइने ब्यवस्थित बसोबास समिति रोङका संयोजक टंक थापाले बताए ।
यता आफुहरुले अनेक प्रयास गर्दापनि जग्गा भोगको करसमेत तिर्न नपाउदा जग्गा मेरो हो की हैन भनेर दुबिधा रहेकोमा अहिले मालपोत तिरेर स्वामित्व लिन सकिने गाउपालिकाको निर्णय सबै पिडीत पाटापुर बासीले न्याय पाउन लागेकोमा एकदमै खुसी रहेकोस्तानिय संगिता राइले बताइन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता