इलाममा डा. केसीको समर्थनमा र्याली

इलाम, २६ पुसः इलाम संसद सचिवालयले डा. गोविन्द केसीसँग बिगतमा भएका सहमति बिपरित चिकित्शा शिक्षा बिधेयक पारित गरेपछि डा. केसीले इलाममा १६ औ अनसनको बसिरहेका छन । उनको समर्थनमा आज इलामका महिलाहरुले र्याली निकोलेका छन्  डा. केसीको माग पुरा गर ।, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा. केसीको साथमा, डा. केसी एक्ला छैनौँ हामी तिम्रो साथ छौँ ।, मार्सी धानको भातसँग ऐन साट्न पाईदैन ।, माफियाको मिसन सिटामोलमा कमिसन । जस्ता नारा लेखिएका पम्प्लेट हातमा लिएर इलाममा रहेका डा. केसीका समर्थकहरुले दिउँसो १ बजे र्याली निकालेका हुन ।  इलामबासीहरु डा. केसीको साथमा छौँ भनेर सरकारलाई दवाव सृजना गर्नकोलागि र्याली निकालेको सहभागी लक्ष्मी  दहालले वताए ।
डा. केसीले बुधबार साझ ५ बजेबाट इलामको फुलगाँछिमा रहेको पुरानो सहरी विकास तथा भवनडिभिजनको कार्यालय भएको भवनको भुँइतलामा अनशन शुरु गरेका हुन ।
गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । उक्त विधेयक लामो समय सम्म पनि संसोधन नभएपछि १६औं पटक अनसन बसेका हुन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता