रोङमा सडक निमार्ण पछि स्थानीय खुसी


  • गोबिन्द पौडेल  

रोङ २६ पुसः रोङ ३ को हरकटे हुदै पाखागाउँ सिरान, तीनतले बस्ती हुदै सूर्याेदय नगरपालिका वडा नं ७ अंबि जोड्ने सडक निमार्ण सम्पन्न भएको छ ।
रोङ गाउपालिकाको चालु बर्षमा बिनियोजित रकम दुई लाख सहयोग र स्थानीय बासीहरुको जन सहभागितामा उक्त ७ सय मिटर लामो सडक बनेपछि रोङ ३ र सुनपा ७ का किसानहरुलाइ हरकटे बजारमा आवात जावत गर्न र उत्पादित कृषि उपजहरुको बजार सम्म पु¥याउन सहज भएको सूर्योदय नगरपालिका ७ अंबिका  छत्रमान वान्तबाले बताए ।  यता सडकको निमार्णले हर्कटे बजारको विकासमा सहयोग पुगेको र किसानले उत्पादन गरेको कृषि उपजहरु किसानको घरघरबाटनै गाडीमा ल्याउन र लैजान सकिने भएकोले किसानहरुको ठूलो समस्या हल भएको तथा लागत मुल्य समेत  घट्ने भएकोले धेरै फाइदा सर्वसाधरणलाइ नै हुने हरकटे बजारका रमेस पौडेलले बताए । उक्त सडकले छुने अंबि, चिन्डेपानी लगायतको स्थान तरकारीको पकेट क्षेत्र मानिने गरेको छ । सडक निमार्णका वास्तविक किसानहरुलाई प्रत्यक्ष फाइदा भएको निमार्ण समितिका अध्यक्ष खड्ग सुबेदीले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता