डा.गोविन्द केसी १६ औंं अनसन बस्न इलाम आइपुगे

इलाम, २४ पुसः सरकारले आफना माग पुरा नगरेपछि डा. गोविन्द केसी १६ औंं अनसन  वस्न इलाम आइपुगेका छन् ।
स्वास्थ्य क्षेत्र सुधारको माग  गर्दै अनसन बस्दै आएका डा. केसीले भोली(२५गते) बाट इलाममा अनसन बस्ने तयारी गरेका हुन । उनले इलाम आएर अनसनको तयारी थालेका छन् । डा. केसीले आफना माग पुरा नगरे  मंगलबार बेलुका चार बजे पछी अनसन शुरु गर्ने बताएका ।  इलामको कुन स्थानमा अनसन बस्ने भन्ने टुङ्गो लागेको छैन ।

गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । उक्त विधेयक लामो समय सम्म पनि संसोधन  नभएपछि १६औं पटक अनसन बस्र्ने तयारी भएको हो ।सरकारसँग भएको पछिल्लो सम्झौतामा पूर्वमा पाँचथर र इलाम  जिल्ला मध्ये एक जिल्लामा र सुदूरपश्चिममा डडेलधुरा र डोटिमा एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापनाका लागी भएको सम्झौता  कार्यान्वयनको माग राखेका थिए । सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका थिए । डा. केसी निकटका अनुसार इलाम बजारमा अनसन स्थल तय गरिने भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता