करदाता सेवा कार्यालय इलाममा २६ करोड बढी राजश्व संकलन

इलाम १५ माघः करदाता सेवा कार्यालयले २६ करोड बढी राजश्व संकलन गरेको छ । इलाम सदरमुकामको धोविधारमा जिल्लाको कर सम्बन्धि सेवा दिँदै आएको करदाता सेवा कार्यालय इलामले आर्थिक वर्ष २०७४/०७५ मा २६ करोड ८७ लाख ८६ हजार २ सय ९३ रुपैयाँ राजश्व संकलन गरेको छ ।
अन्तशुल्क दर्ता ८ सय ८०, मुल्य अभिवृद्धि करमा दर्ता भएका ५ सय ५० र आयकरमा दर्ता भएका १२ हजार सेवाग्राहि रहेको करदाता सेवा कार्यालयले २६ वटा शिर्षकमा कर संकलन गर्दै आएको छ । जस अन्तरगत व्यक्तिगत तथा एकलौटि फर्मबाट ६ करोड ३७ लाख ६१ हजार ७ सय ९१, पारिश्रमिक आय करबाट २ करोड ८८ लाख ३७ हजार ७ सय ७३, पुजिगत लाभकर व्यक्तिगतबाट १ करोड ५६ लाख २ हजार ९ सय ८३ सरकारी प्रतिष्ठानहरुबाट २ लाख ८० हजार ५ सय ३९ र पब्लिक लिमिटेडबाट ८ हजार ६ सय ४२ रुपैयाँ कर संकलन गरेको हो ।
करदाता सेवा कर्यालयमा प्रा। लि बाट ७३ लाख ९८ हजार ४ सय ४९, बाहाल करबाट १ करोड ३४ लाख ५५ हजार ८ सय ३१, ब्याज करबाट ४६ लाख ६५ हजार ९ सय ६५, लाभासं करबाट ७५ हजार २० रुपैयाँ र आकस्मिक लाभकरबाट ८३ हजार ३ सय ३४ रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकारी प्रधुन्न न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार अन्य आयकरबाट १२ हजार ९ सय २९, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट २ करोड ३८ लाख २४ हजार ४ सय ४७, उत्पादन मुलक उद्योगबाट ५१ लाख ४१ हजार ५ सय ३७, पैठारी उद्योगबाट ११ लाख ८२ हजार ३ सय ९२, बिक्रि वितरणबाट ९२ लाख ३१ हजार एक सय २० रुपैया, सेवामुलक उद्योगबाट ४ करोड ३४ लाख ७५ हजार ५ सय ७१ रुपैयाँ कर संकलन भएको छ ।
कार्यालयले पर्यटन व्यवसाय सम्बन्धि उद्योगमा ६१ हजार ६ सय ३ बेदर्तावाला मुल्य अभिवृद्धि कर रिभर्स चार्ज उद्योगबाट ४ करोड ६८ लाख ६४ हजार ७ सय २५, सूर्तिजन्य पदार्थ सम्बन्धि उद्योगबाट २ लाख २३ हजार २ सय ५० र मदिराजन्य उद्योगबाट २ करोड ८७ लाख ३ हजार ६ सय ४५ रुपैयाँ राजश्व संकलन गरेको हो । कार्यालयले पैठारी अन्तशुल्कबाट १६ हजार ५ सय ३६, स्वास्थ्य सेवा सम्बन्धि उद्योगबाट १ लाख ६० हजार ४ सय ३८, शिक्षा सेवा सुल्क शैक्षिक संस्थाबाट १६ लाख ८ हजार एक सय ६५, बेरुजुबाट १४ हजार, अन्य सेवाबाट ८ लाख २९ हजार ९ सय ७९ र अन्य निकायबाट ७३ लाख ९८ हजार ४ सय ४९ रुपैयाँ कर संकलन भएको छ । २४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको करदाता सेवा कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा २ करोड बढी राजश्व संकलन गरेको हो ।
सेवा कार्यालयले चालु आर्थिक वर्षको पुष मसान्तसम्म १४ करोड ४१ लाख २६ हजार राजश्व संकलन गरेको छ । ३२ करोड ९१ लाख ३८ हजार लक्ष्य राखेको कर्यालयले आर्थिक वर्षको ६ महिनामा सो राजश्व संकलन गरेको कार्यालयका डाटा इन्ट्रि सुपरभाइजर किशोर कुमार बास्तोलाले बताउनुभयो ।
लोकाल सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता