काठमाण्डौबाट इलाम आउँदै गरेको वस सर्लाहीमा दुर्घटना, तीन जनाको मृत्यु


इलाम, ५ माघः काठमाण्डौबाट इलाम आउँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सर्लहीमा इलाम आउँदेै गरे ना ५ च ५७५४ नं. वस विग्रिएर रोकी राखेको ठाउँमा राती १ः३० बजे सोही दिसाबाट आएको ट्रकले ठक्कर दिदा वसमा सवार इलाम सुलुवुङका गोविन्द साउदेन र इटहरी १६ की विनिता राईको मृत्यु भएको छ भने ट्रकमा सवार विरजञ्ज नगरपालिका १९ का रहिम मियाँको मृत्यु भएको हो ।
अहिले वस र ट्रक सर्ललाई प्रहरीको नियन्त्रणमा छ भने ट्रक सवार एक जना घाइते उदयपुर कटाहारीका दिपक अधिकारीको उपचर भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता