किरणलाई बँचाउन आग्रह

बिर्तामोड, ४ माघः झापा बुद्धशान्ति गाउँपालिका –३ का २९ वर्षीय किरण धिमाल केही ३ वर्ष अघिसम्म यातयात व्यवसायी थिए । किरण झापाको बिर्तामोडदेखि इलामसम्म ट्याक्सि कुदाउँथे र आएको रकमले परिवारको गर्जे टार्थे । 
सामान्य परिवारका किरणको कमाइले परिवार धानेको थियो । किरणकी श्रीमती गंगाकुमारी राई आठ वर्षीया छोरी सक्षम र ४ वर्षीया छोरा अभियानको रेखदेख र पढाइमा ध्यान दिन्थिन् । 
कमाएर परिवार पाल्दै आएका किरणको दुवै मृगौलाले काम गर्न छाडे पछि धिमाल परिवार यति ठूलो बज्रपात सहन गर्न बाध्य छ । किरण अहिले ओछ्यान परेका छन् । किरणको मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको छ । तर, प्रत्यारोपण त के डायलाइसिस गर्न हस्पिटरसम्म पुग्ने गाडी भाडासम्म धिमाल परिवारमा छैन । 
हप्तामा तीन पटक डायलाइसिस गर्नु पर्ने सल्लाह डाक्टर दिएका छन् । किरण झापाको ओमसाई पाथिभारा हस्पिटल भद्रपुरमा हप्ताको दुई पटक डाइलासिस गरिरहेका छन् । प्राविधिक समस्या देखाउँदै हस्पिलले दुई पटक मात्र डायलाइसिस गर्ने सुविधा दिएको किरणकी आमा सावित्रा धिमाल बताउँछिन् ।  
किरणलाई आमा सावित्राले मृगौला दिने भएकी छिन् । “म मेरो छोरो बाँचेर परिवार चलाएको हेर्न चाहन्छु” सावित्राले भनिन्, “प्रत्यारोपण गर्न धेरै पैसा लाग्ने रहेछ, विहान कमाएर बेलुकाको छाक टार्न मजदुरी गर्नु पर्ने हाम्रा लागि यो सम्भव भएन ।” छोरा किरणलाई बँचाउन सबैलाई सहयोग गरिदिन सावित्राले आग्रह गरेकी छिन् । 
किरणको दुवै मृगौला फेल भएको थाहा पाए पछि धिमाल परिवार यतिबेला पीडामा  छ । किरणकी श्रीमती आफ्नो श्रीमानको अवस्थाबारे कसैले सोधे बताउनसम्म नसक्ने अवस्थामा पुगेकि छिन् । 
आर्थिक अवस्थाले तीन वर्षदेखि मृगौला प्रत्यारोपण गर्न नसकिरहेको थाए पाएर किरण बचाउ अभियान सुरु गरिएको अभियानका संयोजक  प्रेम लुहागुनले बताए । “मृगौला प्रत्यारोपणका लागि हस्पिटलले २५ लाख रुपैयाँ लाग्ने जनाएको छ’ लुहागुनले भने, “आर्थिक अवस्था कमजोर भएका कारण तीन वर्षदेखि किरण रोगसँग लडिरहेका छन् , हामी उसलाई बचाउने अभियानमा छौँ ।” किरणलाई सहयोग गर्न चाहनेलाई अभियानका संयोजक प्रेमको मोवाइल नम्बर ९८२४९४१२४८ र एनआसी एसिया बैंकको खाता नम्बर ८५८७९५१३९५०५२४०१मा रकम जम्मा गर्न सकिने अभियानका सहसंयोजक नवराज लिम्बुले बताए । खाता किरणकी आमा सावित्राको नाममा रहेको जनाइएको छ । 
जुवेरलाई सहयोग
दुवै मृगौला खराव भई बिराटनगर स्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई– ४का २८ वर्षीय जुवेर आलमलाई नेपाल यातायात स्वतन्त्रमजदुर सङ्गठन बिर्तामोड नगर कमिटिले उपचार खर्च बापत ३० हजार रुपौयाँ नगद सहयोग प्रदान गरेको छ । बिर्तामोडमा सङ्गठनको बिस्तार र सदस्य हस्तान्तरण कार्यक्रमको अवसरमा, सदस्य समेत रहेका आलमलाई उपचार खर्च स्वरुप उक्त रकम हस्तान्तरण गरिएको हो । आर्थीक अवस्थाकमजोर रहेकाआलमबिगत अठार महिनादेखि उपचारर्त छन् ।
सङ्गठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले संगठनमा आवद्ध कर्मचारी तथा सदस्यका लागि स्थापित कोषबाट हालसम्म ११ जना मृगौला पिडितलाई सहयोग गरीसकेको र यो अभियान निरन्तर जारी रहने उल्लेख गरे ।
स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोड नगर समितिका अध्यक्ष बिक्रम खनालको अध्यक्षतामा    आयोजित कार्यक्रममा केन्द्रिय सचिव देवी भट्टराई , प्रदेश एकका अध्यक्ष गौरी लामा लगायतको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता