हरितनगरको अध्यक्षमा घिमिरे

इलाम, ४ माघः हरितनगर महिला समुह इलामको पाँचौ अधिवेशनबाट रिना घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समुहको उपाध्यक्षमा सुनिता कर्मचार्य , कोषाध्यक्षमा नानुका खत्री , सचिवमा रञ्जना जोशी , सहसचिवमा जानुका पोख्रेल , चयन भएका छन । यस्तै सदस्यहरुमा मिरा सापकोटा , संगीता बसेल , पुजा राई , हरिमाया सापकोटा , इन्दिरा रेग्मी , भगवती कोइराला (मञ्जु) सर्वसहमत चयन भएका छन । 
यसअघि समुहको अधिवेशन तथा साधारण सभाको उद्घाटन रिना घिमिरेको अध्यक्षता तथा  इलाम नगरपालिकाकी उपमेयर सुशिला नेम्वाङ्ग प्रमुख आतिथ्यतामा भएको थियो । उद्घाटन गदैैै नेम्वाङ्गले महिलाहरु आर्थिक रुपमा सवल भएमात्रै अगाडी बढ्न सक्ने बताउनु भयो । अर्थोउपाजनका लागि महिला सबल भए सबै क्षेत्रमा महिलाको सहभागीता बढ्ने उहाको भनाई थियो । त्यसका लागि नगरले पनि महिलाहरुको निम्ति कार्यक्रम तय गरेको बताउनु भयो । 
कार्यक्रममा रेडियो नेपालबाणी एफ एमका अध्यक्ष केदार थापा , अलैची व्यवसायी महासंघ इलामका  अध्यक्ष विजय खाकी , इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल , महिला उद्यमी विकास इकाइकी अध्यक्ष अनुजा सुवेदी , महिला जागरण संघकी अध्यक्ष विष्णु दहाल ,  इलाम नगरपालिका वडा नम्बर ७का अध्यक्ष नरेश श्रेष्ठ , वडा सदस्य वसन्ती घतानी लगायतले शुुभकामना मन्तव्य राखेका थिए । समुहले नारायणस्थान टोल विकास संस्थालाई सम्मान गरेको छ । समहले वातावरण तथा सरसफाइ , महिला अधिकार लगायतको क्षेत्रमा विगत पाँच वर्षदेखि काम गर्दै आएको छ । 
यसैगरी महिलाहरुलाइ उद्यमशील बनाउन विभिन्न सीपमुलक तालीम आयोजना समेत गदै आएको छ । केही गृहिनी महिलाहरुको सकृयतामा नगरको सार्वजानिक स्थानको सरसफाई र फुलका गमलाले सजाउने कार्य गर्दै आएको समहुले छोटो समयमा  स्थापित संस्थाको रुपमा आफ्नो पहिचान बनाएको छ । हाल समुहमा ४५ जना महिलाहरु आबद्ध भएका छन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता