सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतीनगरले दियो क्लोथ बैंकलाई न्यानो कपडा

पशुपतीनगर । सुर्योदय नगरपालिका–२ पशुपतीनगरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रले बिपन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई वितरण गर्नका लागी ४३३ थान न्यानो कपडा हस्तान्तरण गरेको छ । केन्द्रले इलाममा रहेको क्लोथ बैंकलाई जिल्लाका विभिन्न स्थानमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई वितरण गर्नका निम्ती १३० थान ज्याकेट, १२० थान पेन्ट, ५०/५० थान सर्ट र टिर्सट तथा ६३ थान मसिना कपडा रहेको केन्द्रका अध्यक्ष कमल गदालले बताए ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी क्लोथ बैंकका सहसचिव अर्जन मगरलाई हस्तान्तरण गरिएको हो । क्लोथ बैंकले विगत लामो समयदेखी जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएका लत्ताकपडा विपन्न परिवारका बालबालिकाहरुलाई वितरण गर्दै आएको छ । त्यसैगरी सेवा केन्द्रले विहिबार सुर्योदय नगरपालिका–१ छघरेको महेन्द्रदय आधारभुत विद्यालयमा लैङिगक हिंसा, बाल अधिकार तथा साइबर क्राइमको बिषयमा १ दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरिक्षक हेमराज ओलीको प्रमुख आतिथ्यतामा गरिएको सचेतना कार्यक्रममा सुर्योदय नगरपालिका कार्यपालिका सदस्य सावित्रा शिवा, विद्यालयका शिक्षक अशोक तामाङ, छत्र कटुबाल, दोर्जे शेर्पा लगायत गाँउघरका समस्याको बारेमा आफनो धारणा राखेका थिए ।
साइबर क्राइम र लैङिगक हिंसाको बिषयमा प्रहरी निरिक्षक ओलीले प्रशिक्षण दिएका थिए । केन्द्रका अध्यक्ष कमल गदालले बालअधिकार सम्र्वदनको निम्ती शिक्षक र अभिभावको भुमिकाको बिषयमा प्रष्ट पार्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु अगाडी बढाउने बताए । कार्यक्रममा प्रहरी चौकी मानेभञ्ज्याङ, स्थानिय र विद्यार्थी लगायत १५० बढीको सहभागीता रहेको थियो । सोही कार्यक्रममा १०० विद्यार्थी र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो ।
लोकल शन्देसबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता